राम धुनी नगरपालिका वडा नं. ९ मा रहेको छप्की पोखरी वास्तवमा नै रमणीय छ । पोखरी रहेको गाउँको नाम नै छप्की पोखरी टोल राखिएको छ । झुम्का बजारबाट पश्चिम तर्फ जाने सडकको करिब ८ किलोमिटर यात्रा पुरा गरेपछि शिव नगर टोल पुगिन्छ । त्यही टोलमा रमणीय छप्की पोखरी छ । पोखरीको पश्चिम तर्फ राम जानकी मन्दिर छ । यो ऐतिहासिक मन्दिरको स्थापना यस क्षेत्रमा मानव बसोबास सँग भएको स्थानीयको भनाइ छ ।
झुम्का बजारका अलावा सुनसरी जिल्लाको सदरमुकाम इनरुवा वाट यो क्षेत्रमा पनि सहज रूपमा जान सकिन्छ । इनरुवाको महेन्द्र चोक वाट अटो, सिटी वा अन्य सवारी साधन लिएर गणेशपुर हुँदै भलुवावाट करिब ६ किलोमिटर उत्तर तर्फको यात्रा गर्ने हो भने छप्की पोखरी पुग्न सकिन्छ ।
यो रमणीय पोखरी करिब १० हेक्टरमा फैलिएको छ । पोखरीमा बोटिङ्ग , पिकनिक स्पर्ट, पार्कले समेत पर्यटकहरूको पर्खाइमा छन् । ऐतिहासिक पोखरी जति रमणीय छ त्यतै नै धार्मिक पर्यटकहरूका लागि यहाँ रहेका धार्मिक तथा सांस्कृतिक महत्त्व छ । यहाँ ग्रामथान मन्दिर रहेको रहेको छ । बृक्षारोण सहित ललितकला जस्तै देखिन सुन्दर पोथ्रा, पोथ्रा वा झाडिको निर्माण गर्ने काम भई रहेको छ यसले पोखरीको शोभा झनै बढ्दो छ । पोखरीको पश्चिम पटीको भागमा चिल् ड्रेन पार्क निर्माण हुने क्रममा छ । यहाँ चिया तथा खाजा खानका लागि होटलहरु पाइन्छन् ।