मुहार फेर्दै डंग्राही पोखरी
September 9, 2024 Paryatan Yatra
राम धुनी नगरपालिका वडा नम्बर ५ मा पर्ने डग्राही पोखरी झुम्का बजारको नजिकै रहेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वमा इटहरी बजार पश्चिममा इनरुवा बजार को बिच भागमा पर्ने झुम्का बजार राम धुनी नगरपालिकाको व्यापारिक तथा प्रशासनिक केन्द्र पनि हो ।
झुम्का बजारको बिच भाग वाट उत्तर पश्चिम तर्फ जाने काले पत्र सडकको करिब ५ सय मिटर दुरीमा यो पोखरी छ । यहाँ जानका लागि पैदल जाने हो भने १५ मिनेटमा पुगिन्छ । पोखरी दक्षिण र पश्चिम तर्फ राम धुनी आदर्श विद्यालयका भवन छन् । पोखरीको संरक्षण सुधार कार्य भई रहेको छ । बजार क्षेत्र नजिकै रहेकाले यो पोखरी यस क्षेत्रको रमणीय पर्यटकीय स्थलमा पर्छ । झुम्का बजार पुग्नु भयो भने डंग्राही पोखरीको यात्रा गरेन भने तपाईँको यात्रा अपुरो रहन्छ । पोखरीमा चिल् ड्रेन पार्क को निर्माण गर्ने
शौचालय, क्यान्टिनको व्यवस्था गर्ने, पोखरीको वरी परी कम्पाउन्ड पर्खाल लगाउने पोखरीमा बोटिंग व्यवस्थापन गर्ने कार्य भई रहेका छन् ।