संग्रालय जसले बोकेकोछ पुरा थारु इतिहास
September 11, 2024 Paryatan Yatra
सुनसरी । सुनसरीको राम धुनी नगरपालिका वडा नम्बर २ शिव नगरमा आदिवासी जनजाति सङ्ग्रहालय छ । सङ्ग्रहालयमा थारु समुदायको पहिचान झल्कने विभिन्न सांस्कृतिक भेसभुसा, कला तथा सामाग्रीहरू प्रदर्शनमा राखिएका छन् ।
सङ्ग्रहालयको भित्तामा आदिवासी समुदायको जीवनी चित्रण झल्काउने खालको परम्परागत चित्रकलाले आदिवासीहरूको जीवन शैलीलाई दर्साउँछ । उज्यालो गाउँ भनेर चिनिने गरेको र यो क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । यस क्षेत्रलाई थारु परम्परामा हो
मस्टेसमेत बनाउने प्रयास नगरपालिकाले गरी रहेको छ ।
सुनसरी पूर्वका थारु चौधरीका इतिहास, कला, संस्कृति र जीवनशैलीलाई नजिकबाट बुझ्न चाहनेहरू थारु सङ्ग्रहालय पाठशाला नै हो भन्दा फरक पर्दैन । राम धुनी नगरपालिकामा ६० प्रतिशत थारु जातिको बसोबास छ । थारु चौधरीका आधुनिक पुस्ताले पुर्खाहरू कस्ता थिए, तत्कालीन जीवनशैली कस्तो थियो, रहनसहन खानपान, कला सांस्कृतिक, भाषा कस्तो थियो भनेर अध्ययन यहाँ पुगेपछि गर्न पाइन्छ ।
सङ्ग्रहालयभित्र जन्मदेखि मृत्युसम्मका गतिविधि, गाउँको झल्को दिने परम्परागत घर, देउता घर, इनार, माछा पोखरी, थारु समुदायका संस्कृति र संस्कारलाई झल्काउने सामग्री राखिएका छन् । कतिपय सामग्री अप्राप्य भएकाले इतिहासका आधारमा त्यसलाई भित्ते तस्बिर र चित्रकलामार्फत दर्साइएको छ ।
सङ्ग्रहालयमा थारु समुदायले कृषि र यातायातको रूपमा प्रयोग गरेका ६० वर्ष पुरानो गोरु गाडा, सन्दुक (बाकस), माटाका पुराना परम्परागत भाँडाकुँडा, चुलो, जमिन जोत्न र खन्न प्रयोग हुने औजारहरू र ढकियालगायतका परम्परागत वस्तु राखिएका छन् । मुसहर, सरदार र चौधरी जातिले पुज्ने भगवान्को प्रतिमासमेत राखिएको छ ।
यहाँ पुग्नका लागि राम धुनी नगरको व्यापारिक तथा प्रशासनिक केन्द्र झुम्का बजार वाट पश्चिम तर्फ काली झोडा जाने सडक समाउनु पर्छ । झुम्का बजार वाट करिब २ किलोमीटर दुरीमा पर्ने यो स्थानमा चिया खाजा खानका लागि सामान्य होटलहरु पाइन्छ भने सार्वजनिक यातायातका साधन भने पाउँदैनन् । झुम्का वाट सिटी सफारी, ट्याम्पो तथा साना भाडाका गाडीहरू जुनसुकै बेला पाउन सकिन्छ ।