कोशी प्रदेशकै नमुना बन्दै रास ताल
September 15, 2024 Paryatan Yatra
राष्ट्रिय सम्मानित (रास) ताल यस क्षेत्रकै एक प्रमुख गन्तव्य स्थल हो । राष्ट्रिय सम्मानित किरात लिपी प्रवर्द्धक इमानसिंह चेम्जोङसँग जोडेर यसको नाम राखिएको हो । धरानतिरबाट आउनेहरू तरहरा र इटहरी वाट आउनेहरूका लागि कान्छी चोकबाट भित्र आधा घण्टाको ड्राइभिङमा यहाँ पुग्न सकिन्छ । धरानबाट १२ किलोमिटर दक्षिण तरहरादेखि पश्चिम लागेपछि पुगिने रास पुगिन्छ । तालमा बोरिङ गर्दा जनही वयस्कलाई २५ तथा विद्यार्थी र बालबालिकालाई १० रुपैयाँ लाग्छ।
ताल रहेको, बोटिङ्ग , पिकनिक स्पर्ट, बाल उद्यान, पार्क, १०० जातजातिको मन्दिर तथा विभिन्न अवसरमा मेला जात्रा यहाँका आकर्षक हुन् ।यहाँ सानातिना होटेल र फल स्पटहरू समेत पाइन्छन् । मङ्सिरे पूर्णिमा र वैशाखै पूर्णिमा यहाँ विशेष मेला लाग्ने गर्छ । पिकनिकको सिजनमा १ सय भन्दा बडी टोली दैनिक आउने गर्छ ।
सुनसरी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने ६१ हेक्टर क्षेत्रफलमा फैलिएको छ । ताल क्षेत्रमा लाटी खोला बग्छ । जसले गर्दा तालमा पानी एकनासको भई रहन्छ । दुई हेक्टर क्षेत्रफल धार्मिक क्षेत्रको रूपमा परिणत गरिएको छ । यहाँ मङ्सिर पूर्णिमाको दिन दुर्लभ जातजातिका नृत्यहरू समेत हुने गर्दछ । रास ताल क्षेत्र राउटे, कोचे, मेचेदेखि विभिन्न आदिवासी जनजातिका नृत्यहरू प्रदर्शन गर्ने थलोको रूपमा समेत विकास भइरहेको छ ।
रास तालमा भारतका सीमावर्ती विहार र पश्चिम बङ्गालका बासिन्दा पनि घुमफिरमा आइपुग्छन् । यस सिमसार क्षेत्रलाई इमानसिंह चेम्जोङ स्मृति प्रतिष्ठानले संरक्षण गर्दै आएको छ ।
तलको पूर्व तर्फ काठ वाट निर्मित रोटे पिङ समेत राखिएको छ । ६१ हेक्टर मध्ये करिब १० हेक्टर ताल क्षेत्र छ । अन्य क्षेत्र जङ्गलले ढोकेको छ । ‘धार्मिक स्थलको लागि २ हेक्टर छुट्टाएको छ । त्यहाँ दुर्लभ जातजातिका सांस्कृतिक नृत्यहरू पनि देखाउने गरिएको छ ।