विराटनगरमा निकालियो भीमसेन खट जात्रा

September 17, 2024     Paryatan Yatra

डेभिड घिमिरे
विराटनगर । शान्ति र समृद्धिको कामनासहित नेवार समुदायले विराटनगरमा भव्य ‘भीमसेन जात्रा’ निकालेका छन् । कोसी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले विराटनगरको संसारीमाईस्थित भीमसेन मन्दिर परिसरबाट मङ्गलवार भीम सेनको खट जात्राको शुभारम्भ गर्नु भएको थियो । मन्त्री मण्डलले भीमसेनको मन्दिर अगाडी खटमा राखिएको भीमसेनको मूर्तिमा विधिवत् पूजा गर्नु भयो र राष्ट्रिय झन्डा फराएर जात्राको सुभारम् गर्नु भयो । विराटनगरको संसारीमाइस्थानवाट निस्केको खट यात्रा ट्राफिक चोक, महेन्द्र चोक धरान रोड हुँदै बिजुली अफिस वाट डिएसपी रोड हुँदै बजारको मेन रोड वाट झिंपुचमा पुगेर समापन हुने छ । जात्रामा धिमे बाजा र लाखे नाच, झाँकीका रूपमा निकालिएको थियो ।
नेवार समुदायले भीमसेनलाई कुल देउताका रूपमा पूजा गर्छन् । शान्ति र समृद्धिको कामना गर्दै निकालिने भीमसेन जात्रा काठमाडौँ, दोलखा, भोजपुर, धनकुटालगायतका सहर सहित नेवार समुदायको बसोबास रहेका अन्य क्षेत्रहरूमा समेत निकालिने गरिन्छ विगत ११ वर्षदेखि विराटनगरमा भीमसेनको खट जात्रा निकालिन थालेको हो । हरेक वर्ष इन्द्र जात्राको दिन यो जात्रा निकालिने गरिन्छ । शान्ति र समृद्धिको कामनासहित निस्को जात्रामा नेवारी समुदायका साथै अन्य समुदायको पनि सहभागिता रहेको थियो । भीमसेनलाई शिवको अर्को रूप समेत मानिन्छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.