राम धुनी नगरपालिका वडा नम्बर ७ मा रहेको शङ्कर बेली सिमसार क्षेत्रमा पनि हाल आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गर्छ । यो क्षेत्र बन भोजका लागि जति उपयुक्त छ त्यो भन्दा बढी दृश्यावलोकन र अध्ययन अनुसन्धानका लागि त्यति नै महत्त्वपूर्ण छ । सिमसार क्षेत्रमा रहेको ताल माथि हालिएको काठबाट निर्मित हाउडे पुल सबैको रोजाइमा पर्ने गरेको छ । चारैतिर फैलिएको सिमसार र निर्माण गरिएको सेल्फि डाँडाले झनै मन लोभ्याउँछ । यहाँ पुग्नेहरू पुलमा चढ्ने र सेल्फि खिच्न छुटाउँदैनन् ।
राम धुनी नगरपालिका वडा नम्बर ७ मा पर्ने यस क्षेत्रकै चर्चित रास तालको नजिकै छ शङ्कर बेली सिमसार। रास तालको पश्चिम डेढ कि.मी. कच्ची सडक पार गर्ने बित्तिकै शङ्कर बेली सिमसार पुग्न सकिन्छ ।
शङ्कर बेली सिमसार जानका लागि पूर्वपश्चिम राजमार्ग अन्तर्गत इटहरी झुम्का सडक खण्डको बिचमा पर्ने कान्छी चोकबाट चतरा जाने बाटो हुँदै इचोल पुगिन्छ । इचोल चोकबाट उत्तरको सडक कच्ची करिब ३ किलोमिटर यात्रा गरेपछि यहाँ पुग्न सकिन्छ ।
रमणीय शङ्कर बेली सामुदायिक वनको क्षेत्रमा विश्वकर्माको मन्दिर समेत छ । तालमा काठको ढुङ्गा सञ्चालन हुन्छ । यसले पर्यटकको मन अझ लोभ्याउँछ । ४५ हेक्टरमा ताल सिमसार क्षेत्र छ । पार्क, पिकनिक स्पर्ट यसका गहना हुन् । बाल उद्यान, बोटिङ्ग, माछा पालन मात्र हैन यस क्षेत्रमा होमस्टे सेवा सञ्चालनकोपनि उतिकै सम्भावना छ । वरिपरि चिसो जमिन सहितको पोखरी अनि हरियाली वातावरणले जो कोहीलाईपनि वसौंवसौं लाग्नु स्वाभाविक हो । यहाँ दैनिक १ सय टोल सम्म वनभोजका लागि आइ भने ठाउँको
अभाव हुदैन् । यहाँ चिया तथा खाजा खानका लागि होटेल समेत पाइन्छ ।
हाम्रो टिम
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रधान सम्पादक: लीलावल्लभ घिमिरे (९८५२०२३४२२)
सम्पादक: निरज दाहाल
बिशेष संवाददाता: डेविड घिमिरे (९८२९३२१४८३ )
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।