पुगिन्छ कसरी, उर्लाबारी

September 19, 2024     Paryatan Yatra
सङ्घीय राजधानी काठमाडौँबाट उर्लाबारीसम्मको दूरी करिब ४ सय किलोमिटर हो । काठमाडौँबाट सवारी साधनामा यात्रा गर्दा ९ देखि १० घण्टामा उर्लाबारी आइपुगिन्छ । यो रुटमा रात्रि तथा दिवा सेवाका सुविधायुक्त बसहरू सहजै पाइन्छ ।
हवाई जहाजबाट विराटनगर आएर त्यसपछि सवारी साधनमा पनि उर्लाबारी जान सकिन्छ । काठमाडौँबाट ३० देखि ४५ मिनटमा विराटनगर विमानस्थल आइपुगिन्छ ।
विराटनगर विमानस्थलबाट सुनसरीको इटहरीसम्मको २१ किलोमिटर यात्रा गरेपछि उर्लाबारी पुग्न थप ३५ किलोमिटर पूर्वपश्चिम राजमार्ग छिचोल्नु पर्छ । पूर्वपश्चिम राजमार्गको विराट चोक, बेलबारी, पतरी हुँदै उर्लाबारी पुग्न सकिन्छ । विराटनगरबाट यहाँसम्मको यात्रा अवधि करिब डेढ घण्टाको हुन्छ ।
विराटनगर वाट प्रशस्त सार्वजनिक यातायातका साधन पाइन्छन् । विमानस्थलमा भाडाका सवारी साधनहरू जति बेला पनि उपलब्ध हुन्छन् ।
विराटनगरबाट उर्लाबारी पुगिने अर्को बाटो पनि छ । पुष्पलालचोक हुँदै साढे २२ किलोमिटर दूरीको सडक पार गरेपछि करिब ४५ मिनेटमा विराट चोक पुगिन्छ । त्यहाँबाट करिब २५ किलोमिटर पूर्वपश्चिम राजमार्गको यात्रा गरेपछि आधा घण्टामा उर्लाबारी पुगिन्छ ।
पूर्वको नाका काँकडभिट्टाबाट पूर्वपश्चिम राजमार्गको यात्रा गर्दै आउने हो भने करिब डेढ घण्टामा ५७ किलोमिटर पार गरेपछि उर्लाबारी आइपुगिन्छ । यो रुटमा पनि सुविधायुक्त सार्वजनिक यातायातका साधन सहजै उपलब्ध हुन्छन् । तस्बिर सामाजिक सञ्जाल
All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.