मनै लोभ्याउने आहाले भञ्ज्याङ्ग

September 19, 2024     Paryatan Yatra

इलाम । इलाम जिल्लामा पर्ने माइजोगमाइ गाउँपालिकाको प्रशासनिक केन्द्र नयाँ बजार वाट ८ किलोमिटर उत्तर तर्फको यात्रा गरेपछि पुगिने क्षेत्र हो आहाले भञ्ज्याङ्ग । माईजोगमाई गाउँपालिका वडा नम्बर २ मा रहेको आहाले भञ्ज्याङ्ग विश्वभरबाट लोपोन्मुख वन्यजन्तु रेडपाण्डा हेर्न आउने पर्यटकहरूको बसोबासको क्षेत्र हो ।सन्दकपुर र माईजोगमाई गाउँपालिका भित्रका घना जङ्गलमा संरक्षित लोपोन्मुख सूचिमा पर्ने रेडपाण्डा अवलोकनका लागि नेपाल र भारतको बाटो भएर तेस्रो मुलुकका पर्यटक समेत आहाले भञ्ज्याङ्ग पुग्ने गर्छन् । रेडपाण्डाका माध्यमबाट पर्यटन प्रबद्र्धनका कामको थालनीले आहाले भञ्ज्याङ्ग क्षेत्रमा होमस्टे सञ्चालन भएका छन् ।  होमस्टे सञ्चालनले स्थानीय बासीको आयआर्जनमा वृद्धि मात्रै भएको छैन, गाउँमा रोजगारीको अवसर पनि थपिएका छ ।

आहाले भञ्ज्याङ्गमा लोपोन्मुख वन्यजन्तुविश्व वन्यजन्तु कोषले सङ्कटापन्न सुचीमा राखेको रेडपाण्डा र डंगार गिद्धको वासस्थान रहेको माईजोगमाई गाउँपालिका अध्ययनकर्ताहरूको लागि उत्तम स्थान हो । गाउँपालिकाले आफ्नो पहिचानको लागि रेडपाण्डालाई लोगो समेत बनाएको छ । बँदेल, मृग, कालिज, थार लगायतका विभिन्न प्रजातिका जनावर एवम् चराहरूको बास स्थलको रूपमा माईजोगमाईले पहिचान बनाएको छ । यो क्षेत्र बौद्ध धर्मको आस्थाको केन्द्र समेत हो । यहाँ बौद्ध गुम्बाका साथै ठुला ठुला ढुङगाहरुमा बौद्ध भाषामा लेखिएका हस्तलीपीहरु समेत देख्न सकिन्छ । यहाँ जनाका लागि कच्ची सडक छ । यातायातका साधन भाडामा लिएर यस क्षेत्रमा जान सकिन्छ ।  आहाले भञ्ज्याङ्गबाट तिन किलोमिटर दुरीमा रहेको जौवारिमा पर्यटकहरूका लागि सुविधा सुम्पन होटलहरु रहेका छन् ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 75
All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.