कोशी प्रदेश पर्यटन वर्ष–२०८२ घोषणा गर्दै कोशी प्रदेशलाई पर्यटनको हब बनाउने योजना सरकारले बनाएको छ । कोशी प्रदेश भनेको पर्यटक र पर्यटनका लागि उच्च सम्भावना भएको प्रदेश हो । हाम्रो प्रदेशमा संसारकै टप हिमशृंखला छ । धार्मिक र ऐतिहासिक स्थलहरु पनि यहिँ छन् । कृषि पर्यटनको पनि सम्भावना उत्तिकै छ । बन जंगल र जडिबुटीहरुले पनि पर्यटनको सम्भनालाई बढाएको छ ।
पर्यटककको मन लोभ्याउने विभिन्न दृष्यहरु हिमतालदेखि लिएर प्राचिन कालमा धेरै ऋषिमुनिहरुले तपस्या गरेका स्थलहरु कोशी प्रदेशमै छन् । प्रचारप्रसार नभएर ओझेलमा परेका हुनाले यसलाई संसारभरी पुर्याउन र देखाउनका लागि पर्यटन वर्ष मनाउन लागिएको हो । यसले कोशी प्रदेशलाई आर्थिक हिसाबले समृद्ध बनाउन मद्दत गर्ने सरकारको विश्वास छ ।
सम्पूर्ण सरोकारवालाहरुलाई कोशी प्रदेशका स्थानीय तहका प्रमुखहरुलाई, गाउँपालिका नगरपालिका महासंघहरुलाई, पर्यटन व्यवसायी, होटल व्यवसायी र पत्रकाहरुलाई एकै ठाउँमा बोलाएर हामीसँग के–के छ ? हाम्रो सम्भवना के–के छ ? कार्यक्रम के–के छ भनेर यसबीचमा जानकारी दिन्छौं ।
अस्ति भर्खरै सुनसरीको चतारामा लागेको कुम्भमेलाले पनि संभावना देखाएको छ । हाम्रो अनुमानमा १० लाखभन्दा बढी भारतीय पर्यटक मेलामा सहभागी भएका छन् । हामीले प्रचारप्रसार गरेपछि भारतका विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुलाई बोलाएका छांै । हामीले ४÷५ जना भारतका नाम चलेका ठुला गुरुहरु पनि ल्याउँदैछौं । युपी, बिहार र बंगालका मुख्मन्त्रीलाई बोलाउने र सम्भावना बोकेका ठाउँहरु घुमाउने योजना छ । जनवरीतिर साइवेरियाबाट बिभिन्न चराहरु जाडो छल्नका लागि हाम्रो नेपालको कोशी प्रदेशमै आउँछन् । भारतीय पर्यटकहरु पनि त्यसबेला धेरै आउँछन् ।
तेस्रो मुलुकका पर्यटकलाई हाम्रो भुगोलले राम्रो साथ दिन्छ, त्यतिबेला । हामी पर्यटन वर्षमा १६ लाख हाराहारीमा पर्यटक भित्र्याउँले लक्ष्यमा छौं ।
पर्यटनको नाममा सरकारले मन्दिर गुम्बा आदि धार्मिक स्थानमा धेरै बजेट लगाएको भन्दै आलोचना हुने गरेको छ । तर, हामी जुन भुगोलबाट जन्मेर आएका छौं, गाउँमा जाँदा मन्दिर, मस्जिद, गुम्बामै पैसा हाल्दिनु भन्ने माग हुन्छ । टुक्रे योजना नदिँदा पब्लिकको आवाज नसुनेको हुन्छ ।
जनतालाई चित बुझाउन सकिएन भने केको सरकार ? यी सबै कुराहरुलाई ध्यानमा राखेर बजेटमा टुक्रे योजना पनि छ । यद्यपी बजेट निर्माणको समयमा म सरकारमा थिइनँ । अब विभिन्नखाले योजनाहरु निर्माण गर्छौं । आउने दिनमा सम्भावना र फाइदा हेरेर अध्ययनपछि मात्र बजेट विनियोजन गर्छौ । (कुराकानीमा आधारित)
पर्यटन वर्षका लागि एक नारा : ‘८२ का लागि ८२’
विराटनगर । कोशी प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज शुक्रबार पर्यटन वर्ष–२०८२ घोषणा गर्ने भएको छ ।
प्रदेश सरकारले विराटनगरमा एक कार्यक्रम गरी पर्यटन वर्षको घोषणा गर्ने तय भएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन वर्ष घोषणा गर्नेछन् । सरकारले पर्यटन वर्ष २०८२ मनाउन चालु वर्षको बजेटमा १० करोड रुपैयाँ विनियोजन गरेको छ ।
कोशी प्रदेशका पर्यटकीय उपजको प्रचारप्रसार र प्रवद्र्धन गर्दै पर्यटक आगमन संख्यालाई बढोत्तरी गर्दै पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गरी कोशी प्रदेशलाई समृद्ध वनाउन यो कार्यक्रम गर्न लागिएको प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ । जसबाट प्रदेशमा पर्यटकको संख्या र बसाई अवधिलाई २५ प्रतिशतले बृद्धि गर्ने लक्ष्य छ ।
पर्यटन वर्षमा पर्यटकीय गन्तव्यहरुको पहिचान, स्तरोन्नति तथा प्रचारप्रसार गर्ने, रोजगारी सिर्जना गर्ने, पर्यटनमा निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि सहजीकरण गर्ने र पर्यटन क्षेत्रलाई कोशी प्रदेशको आर्थिक विकासको मेरुदण्डको रुपमा स्थापित गर्ने उद्देश्य राखिएको छ । ‘रमणीय कोशी’ भन्ने मूल नाराका साथ मनाउन लागिएको पर्यटन वर्ष अभियानका लागि ८२ गन्तव्यको सूची तय गरिएको छ ।
पर्यटन तथा वन मन्त्रालयले आउँदो वर्ष २०८२ लाई पर्यटन वर्षको रुपमा मनाउन ८२ का लागि ८२ भन्ने नारा अगाडि सारेको मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए । पर्यटन वर्ष २०८२ मा ८२ वटा पर्यटकीय स्थलहरुको पहिचान गर्ने, विकास गर्ने र प्रवद्र्धन गर्ने काम प्रदेश सरकारले अगाडि बढाउने उनले बताए ।
कार्यक्रमका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मूल आयोजक समिति र मुख्यमन्त्रीले तोकेको प्रदेश सरकारको एक मन्त्रीको संयोजकत्वमा निर्देशक समितिको गठन हुनेछ । पर्यटन वन तथा वातारण मन्त्रालयका मन्त्री सदानन्द मण्डलको अध्यक्षतामा कार्यक्रम व्यवस्थापन समिति गठन हुनेछ ।
कार्यक्रमको प्रभावकारीताको लागि विभिन्न विषयगत कार्यदल वा उपसमितिहरु गठन हुनेछन् भने दैनिक प्रशासनका लागि सचिवालय स्थापना गरिनेछ । स्थानीय तह र गन्तव्य केन्द्रित अन्य समिति वा उप–समितिगठन गरी कार्य सञ्चालन गर्नसकिने मन्त्रालयले जनाएको छ । साभार हाम्रोमत डटकम