सेल्फी खिच्न जाने हैन त प्रेम ताल

September 30, 2024     Paryatan Yatra
सुनसरी जिल्लाको राम धुनी नगरपालिका वडा नम्बर ७ मा रहेको (पन्चायन सिमसार) क्षेत्र अति नै रमणीय छ । पहिला प्रेम ताल भनेर चिनिने यो सिमसार क्षेत्रको नाम अहिले पन्चायन सिमसार क्षेत्रका रूपमा परिचित छ । स्थानीय मानिसहरू प्रेम गर्ने बस्ने वा भेटघाट गर्ने स्थानको रूपमा परिचित यो तालको नाम नै प्रेम ताल बन्न गएको हो । यो तालको बनोट अडग्रेजी अक्षरको  आकारमा रहेका कारण नेपालीमा यसलाई मायो सङ्केतका रूपमा समेत हेरिएको हो ।
यहाँ जानका लागि इटहरी बजारको उत्तर तर्फ रहेको तरहरा बजार वाट पश्चिम तर्फ जाने सडक समायो भने पुग्न सकिन्छ । यहाँ जानका अर्को सडक हो राम धुनी नपाको प्रमुख व्यापारिक केन्द्र झुम्का बजार । झुम्का वाट प्रेम ताल जाने हो भने पूर्व–पश्चिम राजमार्गमा पर्ने कान्छी चोक वाट उत्तर बक् लौरी हुँदै उत्तर तर्फको कालोपत्रे सडक पिपल चोक हुँदै करिब ६ किलोमिटर दुरी पार गरेपछि पन्चायन सिमसार पुग्न सकिन्छ ।
यो पर्यटकीय स्थलमा आउने अर्को छोटो बाटो हो धरान बजार । धरान बजारको दक्षिणमा रहेको हरियाली समुदायकी बनको बिचमा रहेको सडक वाट सालका रुख सँग लुकामारी खेल्दै आउने हो भने प्रेम ताल पुगेको पत्तै हुदैन् । यहाँ जानका लागि सबै स्थान वाट निजी तथा भाडाका सवारी साधन नै प्रयोग गर्नु पर्छ ।
यो सिमसार क्षेत्र वनभोजका लागि निकै प्रख्यात छ । यहाँ शौचालय देखि वनभोज स्थलमा पानी र कत्तिको समेत ब्यवस्था छ । यहाँ वनभोज जानु भयो भने कुनै शुल्क लाग्दैन । खाजा नास्ता खानका लागि होटलहरु नजिकै छन् । २५ हेक्टरमा ताल निमार्ण भएको छ भने बोटिङ्ग गर्न समेत पाइन्छ ।
घना जंगलको  दक्षिण तर्फ रहेको तालमा हाँसको वोटमा डुबुल्की मार्न जति मज्जा आउँछ त्यो भन्दा बडी मज्जा तालको पश्चिम तर्फ रहेको सेल्ली जोन क्षेत्रका सेल्ली सँगै मुस्कुराउन आउने गर्छ । यहाँ सेल्ली गेट नै बनाएर फोटो खिच्नका लागि बन भित्र सडक बनाएको छ । यो तालमा पुग्ने जो कोहीलेपनि सेल्ली खिच्न छुटाउँदैनन् ।
२५ हेक्टरमा ताल निमार्ण, बोटिङ्ग ,पिकनिक स्पर्ट, पार्क आदिको सेवा सुविधा रहेको । ड्ड केही वर्ष पहिले नै पर्यटकीय स्थलको रूपमा रहेको ड्ड स्थानीय मानिसहरू प्रेम गर्ने बस्ने वा भेटघाट गर्ने स्थानको रूपमा परिचित ड्ड यो ताल M  को आकारमा रहेका कारण नेपाली ूमायॉू को सङ्केतको रूपमा मानिएको ड्ड सामान्य सजावट र व्यवस्थापन बाटै महत्त्वपूर्ण पर्यटक क्षेत्रको रूपमा विकास गर्न सकिने ड्ड निर्माणाधीन ड्ड बोरिङ स्पट बनाउने ड्ड पिकनिक स्थल (वनभोज स्थल) को रूपमा विकास गर्ने ड्ड यस स्थानलाई बि.सं. २०६० सालमा स्थापित भएको ।
All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.