गुराँसको राजधानीमै मनोरम गुफापोखरी

September 17, 2019     Paryatan Yatra

 

समुन्द्री सतहबाट २८९० मिटर उचाइको गुफापोखरी प्रदेश १ का पर्यटकीयस्थल मध्ये सबैभन्दा बढी चर्चामा आउने गर्छ । गुराँसको राजधानी तीनजुरे, मिल्के र जलजले क्षेत्र मुख्य आकर्षण गुफापोखरी पुगेपछि हिमाली दृष्य, गुराँस वनको सौन्दर्यले भरिपूर्ण छ । संखुवासभाको नुनढाकी–९ मा रहेको यो मन्दिर ताप्लेजुङका पश्चिमी गाउँ, तेह्रथुमका उत्तरी र संखुवासभाका दक्षिणी गाउको विचमा पर्छ । कोशी राजर्मागमा पर्ने तेह्रथुमको बसन्तपुरसम्म गाडीमा पुगिने र त्यहाँबाट झण्डैं ५ घण्टा गुरा“स वनको अवलोकन गर्दै गुफापोखरी पुगिन्छ । गुफापोखरी जोड्ने मोटरबाटो निर्माण पूरा भएको छ । कच्ची मोटरबाटोमा तेह्रथुमको बसन्तपुरबाट गाडी चल्न थालेको छ ।
पोखरीमा यति शुद्ध पानी छ कि त्यहाँकुनै पनि पात÷पतिङगर देख्न पाइन्न । स्थानीयका अनुसार पोखरीमा कुनै चिज खसे वा परेमा सुनौलो रङको चराले टिप्दै बाहिर फाल्ने गर्छ । नेपालमा पाइने ३२ प्रजाति गुराँसमध्ये यो क्षेत्रमा २८ प्रजाति पाइन्छ । तीनजुरे, मिल्के र जलजलेको संगम गुफापोखरी तेह्रथुम र संखुवासभा जिल्लाको पनि संगम हो । ताप्लेजुङ र पाँचथरबीच भएर बग्ने कावेली नदीमा ¥याफ्टिङ गर्न, अन्नपूर्ण हिमाल आरोहण र गुराँस क्षेत्रको जैविक विविधता अध्ययन गर्न वर्षेनी १० हजारबढी पर्यटक गुफापोखरी हुँदै आवतजावत गर्छन् । हिउँदमा हिउँले पोखरी नै जम्छ । यो समय स्थानीय वालबालिका पोखरीमा जमेको पानीमाथि दौडने गर्छन् । अधिक हिमपात हुने गुफापोखरीमा पुस र माघ महिना हिउँ खेल्न सुनसरीको इटहरी, धरान, धनकुटा, तेह्रथुमको बसन्तपुर, संखुवासभाको खा“दबारीदेखिका युवाको जमघट भइरहन्छ ।
गुफापोखरीसित जोडिएको मेन्छेम डाँडा अर्को विशेषताले भरिएको छ । ताप्लेजुङको पाथिभरा देवीको दर्शन गर्न सकिने यो स्थानबाट सूर्योदयको दृश्य देख्न सकिन्छ । गुफापोखरी पुगेका अधिकांश युवायुवती बिहान ३ बजे नै सूर्योदयको दृश्य अवलोकन गर्न मेन्छेम डाँडा पुगिसकेका हुन्छन् ।
गुफापोखरीसँगै अर्को देउराली गाउँ पनि छ । यी गाउँमा करिव ७० परिवार बसोबास गर्छन् । यहाँको मुख्य पेशा नै आन्तरिक र बाह्य पर्यटकलाई उपभोग्य सामान बिक्री गर्नु र होटल सञ्चालन गर्नु हो । एउटा प्रा।वि।, इलाका प्रहरीबाहेक अन्य सरकारी कार्यालय नभएको यो स्थानमा स्वास्थ्य, पशु, कृषि, हुलाक, खानेपानीजस्ता कार्यालयले सानोतिनो शाखामात्र सञ्चालनमा ल्याउन माग भइरहेको छ ।

सानोतिनो शाखामात्र सञ्चालनमा ल्याउन माग भइरहेको छ ।

समुन्द्री सतहबाट २८९० मिटर उचाइको गुफापोखरी प्रदेश १ का पर्यटकीयस्थल मध्ये सबैभन्दा बढी चर्चामा आउने गर्छ । गुराँसको राजधानी तीनजुरे, मिल्के र जलजले क्षेत्र मुख्य आकर्षण गुफापोखरी पुगेपछि हिमाली दृष्य, गुराँस वनको सौन्दर्यले भरिपूर्ण छ । संखुवासभाको नुनढाकी–९ मा रहेको यो मन्दिर ताप्लेजुङका पश्चिमी गाउँ, तेह्रथुमका उत्तरी र संखुवासभाका दक्षिणी गाउको विचमा पर्छ । कोशी राजर्मागमा पर्ने तेह्रथुमको बसन्तपुरसम्म गाडीमा पुगिने र त्यहाँबाट झण्डैं ५ घण्टा गुरा“स वनको अवलोकन गर्दै गुफापोखरी पुगिन्छ । गुफापोखरी जोड्ने मोटरबाटो निर्माण पूरा भएको छ । कच्ची मोटरबाटोमा तेह्रथुमको बसन्तपुरबाट गाडी चल्न थालेको छ ।
पोखरीमा यति शुद्ध पानी छ कि त्यहाँकुनै पनि पात÷पतिङगर देख्न पाइन्न । स्थानीयका अनुसार पोखरीमा कुनै चिज खसे वा परेमा सुनौलो रङको चराले टिप्दै बाहिर फाल्ने गर्छ । नेपालमा पाइने ३२ प्रजाति गुराँसमध्ये यो क्षेत्रमा २८ प्रजाति पाइन्छ । तीनजुरे, मिल्के र जलजलेको संगम गुफापोखरी तेह्रथुम र संखुवासभा जिल्लाको पनि संगम हो । ताप्लेजुङ र पाँचथरबीच भएर बग्ने कावेली नदीमा ¥याफ्टिङ गर्न, अन्नपूर्ण हिमाल आरोहण र गुराँस क्षेत्रको जैविक विविधता अध्ययन गर्न वर्षेनी १० हजारबढी पर्यटक गुफापोखरी हुँदै आवतजावत गर्छन् । हिउँदमा हिउँले पोखरी नै जम्छ । यो समय स्थानीय वालबालिका पोखरीमा जमेको पानीमाथि दौडने गर्छन् । अधिक हिमपात हुने गुफापोखरीमा पुस र माघ महिना हिउँ खेल्न सुनसरीको इटहरी, धरान, धनकुटा, तेह्रथुमको बसन्तपुर, संखुवासभाको खा“दबारीदेखिका युवाको जमघट भइरहन्छ ।गुफापोखरीसित जोडिएको मेन्छेम डाँडा अर्को विशेषताले भरिएको छ । ताप्लेजुङको पाथिभरा देवीको दर्शन गर्न सकिने यो स्थानबाट सूर्योदयको दृश्य देख्न सकिन्छ । गुफापोखरी पुगेका अधिकांश युवायुवती बिहान ३ बजे नै सूर्योदयको दृश्य अवलोकन गर्न मेन्छेम डाँडा पुगिसकेका हुन्छन् ।
गुफापोखरीसँगै अर्को देउराली गाउँ पनि छ । यी गाउँमा करिव ७० परिवार बसोबास गर्छन् । यहाँको मुख्य पेशा नै आन्तरिक र बाह्य पर्यटकलाई उपभोग्य सामान बिक्री गर्नु र होटल सञ्चालन गर्नु हो । एउटा प्रा।वि।, इलाका प्रहरीबाहेक अन्य सरकारी कार्यालय नभएको यो स्थानमा स्वास्थ्य, पशु, कृषि, हुलाक, खानेपानीजस्ता कार्यालयले सानोतिनो शाखामात्र सञ्चालनमा ल्याउन माग भइरहेको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.