चौंरी डुल्ने लेकमा केन्जोको सौन्दर्यता (तस्विरमा)

October 2, 2024     Paryatan Yatra

अमिर राई

तिम्बुपोखरी क्षेत्रका खर्कमा चौंरी डुलिरहेका देखिन्छ । त्यहि चौंरी डुल्ने लेकमा यतिबेला केन्जो लोभलाग्दो गरी फुलेका छन् । पिरामीड जस्तै देखि यो फूल निक्कै सुन्दर देखिन्छ ।ताप्लेजुङ र पाँचथरको सिमावर्ती भुभागमा पर्ने तिम्बुङ पोखरी क्षेत्र,यो समयमा केन्जो फुलेर केन्जोमय भएको छ।सामान्यतः साउन महिनाबाट केन्जो फुल्न सुरु भएर भाद्र महिनासम्म केन्जो अवलोकन गर्न सकिन्छ।केन्जो हेर्दा जति आकर्षक देखिन्छ,औषधिय गुणले पनि उत्तिकै महत्त्वपूर्ण छ।आकर्षक तिम्बुङ पोखरी क्षेत्रमा केन्जोले यो समय सौन्दर्यमा थप गर्ने गरेको छ। नेपालका थोरैमात्र क्षेत्रमा केन्जो फूल्ने गर्छ । यतिखेर तिम्बुपोखरी क्षेत्र घुम्न जानेले निजकबाट केन्जो हेर्न पाउँछन् ।
हेरौँ ललितमान राईले तिम्बुपोखरी क्षेत्रमा खचिका केन्जोका तस्विरहरुः

                                                                                                                                साभार केन्जो खबर डट कम

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.