ग्राभेल बाटो बाट सेल्ली रोड बने सँगै पर्यटकको केन्द्रबिन्दु

October 14, 2024     Paryatan Yatra

पथरी। पथरी शनिश्चरे नगरपालिका र उर्लाबारी नगरपालिका जोड्ने एउटा पर्यटकीय गन्त्यब बन्दै गरेको देखिन्छ सेल्ली रोड। बोक्रे चोक बाट राजमार्ग जोड्न जङ्गलको बिच बाट निकालिएको बाटो निक्कै सुन्दर देखिन्छ।

सुन्दरताको एउटा प्रमुख कारण भनेको दुई पटी वनस्पतिको सुन्दरता, गर्मी माहौलमा पनि शीतल हुने भएकोले एस ठाउँमा टाढा टाढा बाट पर्यटक आउने गर्दछन्।

देख्ने बित्तिकै जान मन लाग्ने एस सेल्ली रोडमा एक आकर्षक गेटको पनि निर्माण गरिएको छ।  फोटो खिच्दा पछाडिको व्यकग्राउण्ड निक्कै राम्रो देखिने भएको हुँदा पर्यटकहरू एस ठाउँमा आउन धेरै रुचाउँछन्। पहिला यो बाटो यसरी भाइरल भएको थिएन।  यो बाटो कालो पत्रे गरे पछि मानिसहरू आएर फोटो खिच्न थाले पछि एक पर्यटकीय गन्तव्य बन्दै गएको हो।

बाटोको छेउ छाउको  रुखहरूमा रङ पनि लगाइएको छ।  पर्यटकहरूको लागि सुभिदा जनक शौचालयको निर्माण पनि यस ठाउँमा गरिएको छ।  साथै पानी पिउनको लागि कल आराम गर्न लाई फलैँचाको पनि निर्माण एस ठाउँमा गरिएको छ। एस ठाउँमा चटपटे पसल उखु जुसको ठेलाहरू पनि राखिएको छ।  पर्यटकहरूको मनोरञ्जनका लागि रथको पनि सुविधा छ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.