सुलिगुडी । नेपालको पूर्व नाका वाट छिरेपछि पुगिने भारतको सिलगढी बजार जाने नेपालीहरूको सङ्ख्या लाखौँमा हुन्छ । यो बजारमा नेपाली उपभोक्ताहरू सामान खरिद गर्नका लागि जाने गर्छन् । तर धेरैलाई थाहा नहुन पनि सक्छ सिलगढी बजारमा सामान गरीद सँगै त्यस्ता धेरै पर्यटकीय स्थलहरू छन् जहाँ नजाने हो भने सुलिगुडीको यात्रा अपुरो हुन्छ ।
धेरै पर्यटकीय स्थलमा मध्ये एक हो सुलिगुडी बजार नजिकै रहेको बङ्गाल सफारी पार्क । यो पार्क वन्यजन्तुले धनी छ । पार्कमा गोही, चितुवा, चितुवा, भालु, मृग, हात्तीका अलावा कङ्गारु सबैको आकर्षणमा पर्ने गर्छ । कङ्गारु संसारमा अस्ट्रेलियामा पाइन्छ । यसै गरी विशेष प्रजातिका चार बाँदरलाई बङ्गाल पार्कलाई अझ लोभलाग्दो बनाएको छ । पर्यटकको आकर्षणको केन्द्र बनेकी बाघ सिलाले निकै स्वस्थ वातावरणमा आफ्ना सन्तान हुर्काइरहेकी छिन् । बसमा जङ्गल सफारी गर्दामा बाघ, भालु, हरिण जस्ता वन्य जन्तुहरू नजिकै वाट देख्न पाइन्छ । दैनिक हजारौँको सङ्ख्यामा पार्क अवलोकन गर्न पर्यटकहरू पुग्ने गर्छन् ।
यहाँ चिडिया खाना, बाल उड्डयन, वटरफाइ पार्क, हात्ती सफारीका अलावा जङ्गल सफारी गर्न पाइन्छ । यहाँ घुम्न जाँदै हुनु हुन्छ भने ५ देखि ६ घण्टाको समय छुटाउन सके राम्रो हुन्छ । सोमवार बन्द हुन्छ पार्क बिहान ९ बजे खुल्छ भने बेलुकी ५ बजे बन्द हुन्छ । एसी गाडीमा सफारी गर्न करिब १ घण्टा लाग्ने गर्छ । ७ सय हेक्टरमा फैलिएको यो पार्क निकै रमाइलो छ । पार्क भित्र खाजा र खाना पाइने क्यान्टिन छन् । चिया कफीको चिन्ता नगर्दा हुन्छ ।
सुलिगुडीबाट ९ किलोमिटर टाढा रहेको बङ्गाल सफारी पार्कमा जानका लागि सहज रूपमा सवारी साधन पाइने गर्छन् । अहिले यो क्षेत्रमा ओभर ब्रिज सडक ५ किलोमिटर भन्दा लामो बन्ने क्रममा छ ।