वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्रको निधन

October 20, 2024     Paryatan Yatra

नेपाल पर्यटन बोर्डका संस्थापक एवं वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्रको आइतबार बिहान ७१ वर्षको उमेरमा निधन भएको छ ।  डेंगीबाट सङ्क्रमित मिश्रको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मिश्रको नेपाली पर्यटन क्षेत्रमा धेरै महत्त्वपूर्ण योगदान रहेको छ । मिश्रले नेपालको पर्यटन क्षेत्रको विकासमा ठुलो योगदान पु¥याउनु भएको थियो ।टेम्पल टाइगर ग्रुप अफ कम्पनीका अध्यक्ष मिश्र सन् १९७० को दशकदेखि नै यो क्षेत्रमा सक्रिय हुनु हुन्थ्यो । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन उहाँको महत्त्वपूर्ण भूमिका छ । मिश्र नेपाल पर्यटन बोर्डका संस्थापक मध्येका एक हुनु हुन्छ । उहाँले नेपालमा पर्यटनको प्रवर्द्धनका लागि विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कार्यक्रमहरूको नेतृत्व गर्नु भएको थियो । उहाँले हिमाली क्षेत्र, साहसिक पर्यटन, र सांस्कृतिक पर्यटन जस्ता विभिन्न प्रकारका पर्यटन गतिविधिहरूलाई प्रवर्द्धन गर्दै नेपाललाई पर्यटकहरूको आकर्षणको केन्द्र बनाउन योगदान दिनु भएको थियो । वसन्त मिश्रलाई नेपालमा दिगो पर्यटनको पक्षपाती मानिन्छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.