प्रचारप्रसारको पर्खाइमा लेगुवा झरना

September 17, 2019     Paryatan Yatra

लमतन्न सुतेको धरान बजारलाई वाईवाई गर्दै हाम्रो यात्रा पूर्वी पहाडी जिल्लाहरुको प्रवेशद्वार भेडेटारबाट कोशी राजमार्गतर्फ लम्कन्छ । नागबेली काला सडकलाई पार गर्दै मुलघाटमा पुगेपछि तम्मोर नदी तरिन्छ ।
मुलघाटबाट उकालो लागेको यात्रा निरन्तर रुपमा अघि बढ्छ । केही समयपछि पुगिने ऐतिहासिक धनकुटा बजारलाई दाहिनेतर्फ सुटुक्क छोडेर कुहिरोसंग लुकामारी खेलिरहेको हिलेबजारको मध्य भागलाई चिर्दै यात्रा अघि बढ्छ । लेकका नागिन डा“डैडा“डा, जोरपाटी, सिधुवा बजारहुदै हाम्रो यात्रा फेरि उकालो लाग्छ ।
कोशी राजमार्गमै पर्ने धनकुटाको चित्रेबजारको चिसोलाई छलेर अलि अगाडि बढेपछि तेह्रथुमको बसन्तपुर बजारको मुहार देख्न पाइन्छ । तर हाम्रो यात्रा अब बसन्तपुरतर्फ हैन, दारेगौडाबाट लेगुवा झरनातर्फ अघि बढ्छ ।
धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर २ दाहिने भएर बगेको लेगुवा खोलामा निकै मनोरम झरना रहेको छ । अहिलेसम्म प्रचार प्रसारमा खासै नआएको यो लेगुवा झरनामा पुग्नका लागि भौतिक पूर्वाधारको विकास गर्ने हो भने यहा“ पर्यटकहरुको घुइचो लाग्न धेरै समय कुर्नु पर्दैन ।
दारे गौडावाट लेगुवा झरनाका लागि सुरु हुने यात्रा अलि कस्टकर छ । कोशी राजमार्गको कालोपत्रे छोडेसंगै हाम्रो यात्रा ग्राभेल सडकतर्फ अघि वढ्छ । दारे गौडाबाट धर्मोदय स्कुल हुुंदै १७ किलोमिटरको यात्रा गरेपछि चोक्टाडमा रहेको लेगुवा झरनामा पुगीन्छ । यहासम्म जान सार्वजनिक यातायातका सधान समेत पाइन्छ । पैदल यात्रा पनि उत्तिकै रमणीय हुन्छ । सार्वजनिक बसमा यात्रा गर्न भने लामो समय पर्खनु पर्ने हुन्छ । भाडाका सवारी साधान प्रयोग गर्ने हो भने धनकुटा वा हिले बजारबाटै लिनुपर्ने हुन्छ ।
चारैतिर घना जंगलको बीचमा ७० मिटर माथिबाट खसेको यो झरना देख्नसाथ मन फुरुङ्ग हुन्छ । यो झरनाको माथि अर्को ४० मिटर अग्लो झरना छ, भने देव्रे तर्फ अन्य २ वटा साना झरनाहरुसमेत रहेका छन् । तीसबै उत्तिकै मनमोहक छन् । झरना नजिक बस्ती रहेपनि यहा“ होटल तथा पसलहरु पाइंदैनन् । खानेकुराको लागि आधाघण्टा माथिको मुलखर्क बजारबाट लिएर जानुको विकल्प छैन् । यो सानो बजारमा खाना खाने होटलसमेत खुलेका छन् ।
कोशी राजमार्गको रुटमा पर्ने भेडेटारको नमस्ते झरना र तेह्रथुमको ह्यातुङ झरनासंग लेगुवा झरनालाई जोड्ने हो भने झरनाहरुको सर्किट नै बन्छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.