विराटनगर किङ्ग्सको ट्यालेन्ट हन्ट आज मोरङमा

November 17, 2024     Paryatan Yatra
डेभिड घिमिरे
क्रिकेट एसोसिएसन अफ नेपाल क्यानको आयोजनामा यसै वर्ष  हुन गइरहेको नेपाल प्रिमियर लिगको एक टिम विराटनगर किङ्सले आज विराटनगरमा ट्यालेन्ट गरेको छ।
उक्त ट्यालेन्ट हन्टमा २०० भन्दा ज्यादा खेलाडीले भाग लिएका थिए। यसै गरी यस टिम विराटनगर किङ्सले आजभन्दा अगाडि इलाम झापा सुनसरी र उदयपुरमा पनि ट्यालेन्ट हन्ट गरिसकेको छ। यसै क्रममा आज विराटनगरमा ट्यालेन्ट हन्ट भएको हो। ट्यालेन्ट हन्टको निरीक्षण गर्नका लागि लाक्पा लामा  पुष्प थापा थिए। ट्यालेन्ट हन्टको लागि मोरङ जिल्लाका विभिन्न क्षेत्रबाट खेलाडीहरू आएका थिए। ।
नेपाल क्रिकेट सङ्घको आयोजनामा हुन गइरहेको एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स च्यानलले गर्ने भएको छ। यसै गरी नेपाल प्रिमियर लिग एनपीएलको टाइटल स्पोन्सर सिद्धार्थ बैङ्क भएको छ।
सन्दीप लामिछाने मार्की खेलाडी भएको यस विराटनगर किङ्सको खेलाडीको  सूची यस्तो छ। लोकेश बाम, प्रतिश जिसी, बसीर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहरा, सुवास भण्डारी, नरेण भट्ट, मिर्नल गुरुङ, क्रिश् सोल, मार्टिन गुप्टिल, निकलस कार्टर, अकिब इल्यास, इस्मत आलम।  एनपीएल यही मङ्सिर महिनाको १६ गते देखि काठमाडौँको टी यु अन्तर्राष्ट्रिय मा हुन गोही रहेको छ। 
All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.