प्रचारप्रसारको अभावमा पश्चिमको तुलनामा पुर्व क्षेत्रको पर्यटन उद्योग प्रस्टाउन सकेको छैन् । भौतीक पुर्वाधारको विकासमा अग्रणी भनिएपनि यहा“का धार्मीक तथा पर्यटकीय स्थलहरुका वारेमा धेरैलाई थाहा नहुन सक्छ । पुर्वको विराटनगरमा काठमाण्डौवाट हवै यात्रापछि उत्रिएर कहा“ जाने, कस्तो ठाउ“ जाने र त्यहा“ पुग्ने कसरी जस्ता अनेक प्रश्नले जोकोहीलाई पनि अन्योलमा पार्ने गर्छ ।
वास्तवमा पर्यटन उद्योगका लागि ‘इस्ट भर्जीन’ नै हो भन्दा अतियुक्ति हुदैन । विराटनगरवाट पुर्वका पर्यटकीय स्थलका लागि प्याकेज वनाएर जाने हो भने यस क्षेत्रको पर्यटनले अवश्यपनि फड्को मार्ने छ । इलाम, धनकुटा लगाएतका पहाडी जिल्लाहरु कृषी पर्यटनका लागि अगाडी छन् भने ताप्लेजङ, सुनसरी, खोटाङ लगाएतका जिल्लाहरु धार्मीक पर्यटनको दृष्ठीले महत्व पुर्ण मानिन्छन् । तेह्रथुम, संखुवा सभा, मोरङ लगाएतका जिल्ला जैविद विविधताका लागि अग्रपक्तीमा छन् ।
विराट राजा दरवार
विराटनगरको वडा नं २२ को रानी क्षेत्रबाट करिब दुई किलोमिटर दक्षिणमा अवस्थित बुधनगर गाविस वडा नं ५ को भेडियारीमा रहेको छ । यस क्षेत्रमा जानका लागि निजी साधन वा पैदल यात्रा गर्नु पर्ने हुन्छ ।
विराटराजाको दरबारले करिब अढाई किलोमिटरको क्षेत्रमा फैलिएर रहेको छ । हाल यस दरबार क्षेत्रको संरक्षणको लागि तार घेराबेरा गरी पा“च कठ्ठा क्षेत्र संरक्षितरुपमा राखिएको छ । त्यहा“ भेटिएका पुरातात्विक वस्तुहरु हाल स्थायीय कमलकिशोर यादवको घरमा राखिएको छ ।
राजारानी धिमाल पोखरी
विराटनगरदेखि करिब ५० किमी उत्तरपूर्वमा पर्ने राजारानी क्षेत्र पुग्न पूर्व–पश्चिम राजमार्गमा पर्ने बेलबारी बजारदेखि करीव ९ किमी उत्तर लेटाङ गाविसको बुधवारे हुँदै चिसाड्ड खोला किनारबाट करिब एक घण्टाको उकालो चढ्नुपर्छ । ठाडो उकालोको मार्ग पार गर्दा धोवीडा“डा गाउ“ पुगिन्छ । यसको पश्चिम राजारानी धिमाल पोखरी छ । वरिपरि डाँडैडाँडाले छेकिएको उपत्यका झै देखिने राजारानी क्षेत्रमा तीन वटा पोखरी र धिमाल तथा मगर समुदायले पूजा गर्नेगरेका दुई मन्दिरहरू छन् ।
पूर्व नेपालको झापा र मोरङका आदिबासी धिमालहरूले अढाई महिनासम्म मान्ने ढ¬ङढङे (असारे) मेला हरेक वर्षको बैसाख २ गते पोखरी स्थित धिमाल ग्रामथानमा पूजा गरेर मेला सुरु हुन्छ । किम्बदन्ति अनुसार यस क्षेत्रका सत्य राजा र सत्य रानीले राज्य गरेका थिए । यहा“का राजाले विराट राजासंग लडाई गर्न जादा सेतो र कालो परेवा लिएर गएका थिए । सेतो परेवा फर्केर आएमा जित र कालो परेवा आएमा हार हुन्छ भनेर राजा लडाइमा गए । परेवा बोकेको सिपाहीले बाटोमा चारो खुवाउन लाग्दा कालो परेवा उडेर आएपछि रानीले हार भएको ठानिन् । विलाप गरी जलेर मर्न लागिन तर उनी जल्दाजल्दै राजा फर्किएर आए तर रानी बाच्न नसकेकोले राजाले पनि त्यही स्थानमा देहत्याग गरे । राजारानी नै सति गएर मरेको हुनाले राजारानीको नाम सत्यराजा सत्यरानी रहेको भन्ने जनविश्वास यहाँ पूजा गर्न आउने धिमाल समुदायमा पाइन्छ ।
वह्रा क्षेत्र
कोका नदी र कोशी नदिको संगम स्थल सुनसरी जिल्लाको वह्राक्षेत्र गाविसमा पर्ने यो धार्मीक स्थल पुर्वकै सवै भन्दा पुरानो मानीन्छ । यहा“ इन्द्र वह्रा, कोका, सुर्य, वद्रि, मुक्तेश्वर, गुरु व्रहा लगाएका १० वटा मन्दिर छन् । हिन्दुहरुका देवता पहाड, गुफा, रुख तथा नदि किनार जस्ता असजीला स्थानमा वस्ने गरेको इतिहास अनुसार नै यहा“ वसेको विश्वास गरीन्छ । यहा“ मुख्य रुपमा वह्रा विष्णुको पुजा हुने गर्छ ।
विराटनगरवाट इटहरी, झुम्का हुदै वह्रा क्षेत्र पुग्न करीव ५० किमी लामो वस तथा अन्य यातायातका सधानको यात्रा गर्नु पर्छ । वह्रा क्षेत्रवाट २६ किलो मीटर दक्षिणमा पर्ने सुनसरीकै सिंघीया गाविसमा राम धुनी छ । यो पनि प्रशिद्व धार्मीक स्थल हो ।
विजयपुर
धरान नगरपालिकामा पर्ने विजयपुर क्षेत्र धार्मीक दृष्टी कोणले महत्व पुर्ण मानीन्छ । यहा“ रहेका बुढा सुब्बा, दन्तकाली, पिडेश्वर, पञ्चकान्य लगाएका मन्दीरहरुमा दशर्नाथीको भिड लाग्ने गर्छ । यातायातको राम्रो पहुच भएको र वजार क्षेत्र आसपासमा भएकाले यस क्षेत्रको यात्रा सुलभ मानीन्छ ।
विजयपुर अवस्थित बुढा सुब्बा मन्दीरको दर्शन गरे मनोकांक्षा पुरा हुने विश्वास लिइन्छ । यहा“ युवा युवतीहरुले सफल प्रेमका लागि कामना वढि मात्रामा गर्ने गरेको पाइन्छ । यसै गरी सतिदेविको दात“पत भएको स्थानमा दन्तकाली मन्दीर छ । शीवजीले सतीदेविलाई वोके हिड्दा यो स्थानमा दात“ पतन भएको विश्वास पाइन्छ ।
यसै गरी यही रहेको पिण्डेश्वर मन्दीर अर्को धार्मीक महत्व वोकेको स्थान हो । यहा“ शिवजीको पुजा हुन्छ । सेन राजाहरुले विजयपुरमा राज्य गरेको इतिहासमा पाइन्छ ।
भेडेटार–
पुर्वी पहाडी जिल्लाहरुको प्रवेशद्धरा भेडेटार । सुमद्र सतहवाट १ हजार ४ सय २० मिटर उचाइमा रहेको भेडेटार वजार धरानवाट १६ किलोमीटर उत्तरमा अवस्थित छ । छिनमा नै कुहिरो लाग्ने छिनमा नै घाम लाग्ने भेडेटार अहिले जाडो छ । जुन सुकै वेला कुहिरोले छोपीने भेडेटारमा लुकामारी खेल्नको मज्जा नै अर्कै हुन्छ ।
दुई दशक अघि वेलायती युवराज चाल्सको मन लोभ्याउने भेडेटारको क्रेज दिन प्रतिदिन वढ्दो छ । अरुण उत्यकाको प्रवेशद्धार धनकुटा जिल्लामा पर्ने भेडेटारमा जो पुग्छ उसले भेडेटारलाई स्वर्गको एक टुक्राको संज्ञा दिन्छ । दुई दशक अघि नेपाल आएका वेलायती युवराज चाल्सलाई नेपालको कुनै ठाउको सम्झना छ भने त्यो भेडेटार नै हुनु पर्दछ । उनी चढे पछि त्यसको नाम चल्र्स प्वाईन रहन गयो । जहा अहिले तीनतले भ्यूटावार छ । त्यहावाट तराईका समफाटका साथै हिमालका सृखलाहरुलाई समेत एकै पटक देख्दा सवै दङग पर्दछन ।
छिन्ताङ
छिन्ताङ धार्मीक दृष्टीकोणले जति महत्व पुर्ण छ राजनितिक रुपमा पनि उतिकै छ । धनकुटा सदरमुकामवाट १३ किलोमीटर उत्तरमा पर्ने रमणीय हिले वजारवाट उत्तरपानी हुदै आ“खीसल्लावाट छिन्ताङ पुग्नका लागि यतिवेला यातायातका साधन उपलब्ध छन् ।
कूनै आपत पर्दा वा राम्रो कुरा पाउनकालागी छिन्ताङदेवीको नाममा भाकल गर्नेहरु दर्शन गर्न त्यहा जान्छन । दिउसो चार बजे पछि मात्र मन्दिरको ढोका खुल्छ । रुखको फेदमा रहेको देवीथान लाईनै मन्दिरको मुख्य स्थान मानिन्छ । रागा, बोका, कुखुरा, परेवा, हासको वली चढाईने गरिन्छ ।
२०३६ साल कात्तिक २७ देखि २९ गते सम्म तत््काली शासकहरुले धनकुटा जिल्लाका खोकु छिन्ताङ र आखिसल्ला गाविसमा नरसंहमर मच्चाए र १५ जना सोझा र इमान्दार गाउलेहरुको ज्यान लिएका कारण पनि यसको महत्व राजनितिक रुपमा उच्च रहेको छ ।
गुफा पोखरी
धनकुटावाट करीव ५० किलोमीटरको कालो पत्रे सडक छिचोलेपछि तेह्रथुमको बसन्तपुर वजार पुगीन्छ । त्यहा“वाट उत्तर देउराली सम्मको ५ किमी कच्ची सडकको यात्रापछि झण्डैं ५ घण्टा गुरा“शे वनको अवलोकन गर्दै पैदल यात्रातय गरे गुफापोखरी पुगिन्छ । मुलत यहा“ विभिन्न प्रजातीका गुरास तथा अन्य जैवीदविविधतालाई अवलोकन गर्न जानेहरुको संख्या वढि पाइन्छ । संखुवासभाको नुनढाकी– ९ मा गरेको गुफा पोखरी समुन्द्री सतहबाट २ हजार ८ सय ९० मिटर उचाइको रहेको छ ।
अधिक हिमपात हुने गुफापोखरीमा पुस र माघ महिना हिउ“ खेल्न उपयुक्त मानीन्छ । यहा“को मुख्य पेशा नै आन्तरिक र वाह्य पर्यटकलाई उपभोग्य सामान बिक्री गर्नु र होटल सञ्चालनमा छन् । गुफापोखरी जोड्ने मोटरबाटो निर्माण द्रुतगतिमा भइरहेकोले १– २ वर्षमा गाडीमै चढेर यहा“ पुग्न सकिनेछ ।
तिनजुरे मिल्के जलजले
विराटनगरवाट उत्तर तर्फ धरान हुदै १३० किलो मिटरको वस यात्रापछि तेह्रथुमको वसन्तपुर वजार पुगीन्छ । यो वजारको शिरमा अवस्थीत यो क्षेत्रको भ्रमणका लागि पैदल यात्रातय गर्नु पर्छ ।
तिनजुर,े पा“चपोखरी, चौकी, मंगलवारे, गुफावजार, मिल्के डा“डासम्मको पैदलयात्रा गर्नु साच्चै रमाईलो हुन्छ । यहा“ आएका पर्यटकहरुका लागी वसन्तपुर, टुटेदेउराली, पा“चपोखरी, चौकी, मंगलवारे र गुफावजारमा वास वस्न र खाना खानाका लागी राम्रँे व्यवस्था रहेको छ । वसन्तपुर, चौकी र गुफा वजारमा प्रहरी चौकी रहेकाले सुरक्ष्ाँको समेत राम्रँे व्यवस्था छ । यो क्षेत्र ताप्लेजुङ, तेह्रथुम र संखुवासभामा फैलिएको छ । समुन्द्र सतहवाट १७ सय लेखी ५ हजार मिटर सम्मको उचाईमा करीव ५ सय ५८ वर्ग किलोमिटर छ ।
जैविक विविधताको खानी यो क्षेत्रको उत्तर पुर्वमा कञ्चनजंघा संरक्ष्ँण क्ष्ँेत्र र उत्तर पश्चििम तर्फ मकालु वरुण राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज पर्दछ । विशेष गरेर गुरा“सका २८ भन्दा वढि प्रजाति पाईने भएकाले विश्वकै गुरा“सको राजधानीको रुपमा परीचित छ ।
ह्यातुङ झरना ः
सम्दु र ईसिवु गाविस विचमा रहेको यो झरना एसिया महादेशको सवै भन्दा अग्लो (३६५ मिटर) झरना हो । यो झरना सम्म पुग्न धरान वाट वसन्तपुर हुदै तेह्रथुमको सदरमुकाम म्याङलुङ वाट एक दिनको पैदल हिड्नु पर्छ । सदरमुकाम वाट त्यहा“ सम्म पुग्न हाल धुले सडक वनेको भए पनि सवारी साधन चली नसकेकाले पैदल यात्रा नै गर्नु पर्छ । यो झरनाको माथी वाट पानी खस्दा प्रत्येक दिन जसो सप्तरङगी ईन्दे्रणीको रमणिय दृष्य देखीन्छ ।
हलेसी महादेव
पुर्वकै प्रसिद्व धार्मीक स्थल रुपमा चिनीएको हलेसी महादेवको मन्दीर खोटाङ जिल्ला अवस्थित छ । हिन्दू, बौद्ध तथा किरा“तहरुको आस्थाको केन्द्रका रुपमा रहेको छ ।
बालाचतुर्दसी, रामनवमी र शिवरात्री गरी वर्षमा तीन चोटी मेला लाग्छ । जिल्ला सदरमुकाम दिक्तेलदेखि ४० किलोमिटर पश्चिममा रहेको यो मन्दीर पुग्न सवारीसाधनले तिन सय रुपैया“ लिन्छन् । उदयपुरको कटारीवाट घुर्मी सम्मको वस चल्ने गर्छन । त्यहा“वाट सुनकोशी हुदै पैदल यात्रापछि हलेसी पुगिन्छ । हलेसीमा सामान्य खालका होटल पाइन्छन् ।
कचनकवल(केचना)
कचनकवल नेपालको सबभन्दा होचो स्थल हो । झापाको पूर्ब दक्षिणी केचना गाबिस वार्ड नम्बर ३ मा यो स्थन अवस्थीत छ । जिल्ला बिकास समितीको तथ्यांक अनुसार समुद्रसतहबाट केचना ५८ मिटरको उचाइमा रहेका छ ।
यहा“ पुग्नका लागी बिराटनगरबाट करिब १ सय २३ किलोमिटर पूर्ब दक्षिणको वस यात्रा गर्नु पर्छ ।
यहां बस्न तथा खानका लागी ठूला होटलहरु छैनन् । केचना आसपासका केही घरहरुमा ‘होम स्टे पे’को प्रबन्ध छ । करिब २६ किलोमिटर उत्तरमा भद्रपुर र बर्तामोड वजार भएकोले कुनै समस्या भने पर्दैन् ।
किचकबध
महाभारत कालमा भीमले किचकबध गरेको ठांउ, पुरातत्वको उत्खनन्का लागी प्रमुख स्थलको रुपमा रहेको किचकबध झापाको पृथ्बीनगर वार्डमा पदर्छ । किंवदन्ती अनुसार महारभारतकालमा पाण्डवहरु द्रौपदी सहित गुप्तबास बसेका बेला किचक भन्ने राक्षसले द्रौपदीलाई ब्यभिचारी दृष्ट्रिकोण लगायो । यो कुरा भिमसेनले थाहा पाएपछि द्रौपदीको भेषमा किचकलाई पर्खिएर बसेका भिमसेनले त्यही बध गरे ।
यहा“ एउटा तीनकुने पोखरी र एउटा कुवा छ । यसलाई बरुणी पोखरी भनिन्छ । यो पोखरीमा पाण्डवहरुले नुहाइदुहाइ गर्थे भन्ने बिश्वास गरिएको छ । बिराट नगरबाट किचकबध पुग्न १ सय ७ किलोमिटर पूर्ब दक्षिणको वस यात्रा तय गर्नु पर्छ
सन्दकपुर ः
उत्तरी सीमावर्ती सन्दकपुर क्षेत्र पर्यटकीय पूर्वाञ्चलकै प्रमुख गन्तव्यको सम्भावित ठाउ“ हो । सदरमुकाम इलामवट माईपोखरी माइमझुवा हुदै गोरुवालेवाट सन्दकपुर पुग्न सकिन्छ । त्यस्तै माबुवाट कालपोखरी हुदै सन्दकपुर नजिकको बिखे भञ्ज्याङसम्म मोटर संचालन मोटरवाटो भएर पनि सन्दकपुर पुग्न सकिन्छ । सदरमुकामवाट सन्दकपुरको दुरी करिव ५० किलो मिटर छ । त्यहा“ नेपाल तर्फ व्यवस्थित दुईवटा होटल छन् । भारत तर्फ सरकारी आवास गृह पाइन्छ ।
तीनहजार ६ सय ३६ मिटरको उचाईमा रहेको सन्दकपुरवाट सगरमाथा, कंचनजंघालगायत हिमश्रीङखला र सूर्योदय राम्ररी देख्न सकिन्छ भने यो क्ष्ँेत्र र धार्मिक र जैविक विविधताले पनि महत्वपूर्ण छ ।
माईपोखरी ः
इलाम सदरमुकाम देखि १३ किलो मिटर उत्तरमा रहेको माइपोखरी अवस्थित छ । माइपोखरीमा रैथाने गलैचे, झ्याउ, रुख भ्यागुतो, ठकठके जस्ता दुर्लभ जन्तु र वनस्पति पाइन्छन् भने तीन सय वढी चराका प्रजाती पाइने विज्ञहरु वताउछन् ।
दुई हजार एक सय २१ मिटरको उचाईमा रहेको माईपोखरीमा दुई हेक्टर जलासय सहित १२ हेक्टर क्ष्ँेत्रलाई जैविक विविधताको दृष्टिले संवेदनशील मानिएको छ । माईपोखरीमा होटलहरु खुलेका छन् । एक किलो मिटर टाढाको देउराली बजारमा पुगेर पनि होटलमा बस्न सकिन्छ ।
अन्तु ः
पूर्वी अन्तु र समालवुङका बासिन्दाले लगातार छ पटकसम्म महोत्सव आयोजना गरेर अन्तुलाई पर्यटकीय गन्तव्यकोरुपमा चिनाई सकेका छन् । सूर्योदय हेर्न मूलुककै उत्कृष्टस्थान मानिएको अन्तुमा भौतिक पूर्वाधार विकास देखि पर्यटकको राशोबासो मिलाउन सम्म स्थानीय बासी खट्ने गरेका छन् । सातहजार छ सय ३७ फुट उचाईमा रहेको अन्तु पुग्न मेची राजमार्गको फिक्कलवाट १३ किलो मिटर सडक पार गर्नु पर्छ । त्यहा“ बस्न र खान पेइङगेष्टको अबधारणा अपनाइएको छ ।
कन्याम ः
चियाको पर्याय बनेको कन्याम भनभोज स्थिलले चर्चित छ । असोजदेखि बैशानखसम्म दिनहु बनभोज समुह कन्याम आउने गरेका छन् । कन्याममा शनिवार मात्र दुईसय भन्दा धेरै गाडीमा बनभोज टोली आउने गर्छन् । मेचीराजमार्गले चिरेको कन्याम चिया बगान फिक्कल भन्दा १० किलो मिटर नजिक पर्छ । यहा“ पनि खानबस्नको लागि पेइङ गेष्टको व्यवस्था छ भने नजिकैको फिक्कल बजारमा होटल र लज पाइन्छ ।
सिद्धिथुम्का ः
पश्चिमी सिद्धिथुम्काबासी गत वर्षदेखि महोत्सव संचालन गरेर पर्यटन विकासमा लागेका छन् । सदरमुकाम इलाम बजारवाट २० किलो मिटर पश्चिममा अवस्थित सिद्धिथुम्का डा“डा सूर्योदय र सूर्यास्त तथा हिमश्रिङखला तराईका फा“टलगायतको दृष्यावलोकन गर्न अब्बल छ । ऐतिहासिक खान्द्रुङ गुफा, पञ्चमी बजार, अजम्बरी डा“डा पनि पर्यटकीय महत्वका छन् । यहा“ खानबस्न पेइङ गेष्टलाई आधार मानिएको छ । आठ किलो मिटर टाढाको मंगलवारे बजारमा होटल लजको व्यवस्था छ ।
गजुरमुखी ः
पश्चिमी गजुरमुखी धार्मिक आस्थाका कारण महत्वपूर्ण मानिन्छ । सदरमुकामवाट २१ माईल दुरीमा यो स्थान रहेको छ । मेची राजमार्गको नेपालटारवाट मंगलवारे हुदै कच्ची सडकवाट गजुरमुखी पुग्न सकिन्छ । स्थानीयवासीको घर र मंगलवारे बजारका होटल यहा“का बासस्थान हुन् ।
स्थानीयको चासोअनुसार नै जिविसको पर्यटन उपसमिति मार्फत पुर्वाधार विकास, होटल व्यवस्थापनजस्ता क्ष्ँेत्रमा ५० लाख रुपैया“को प्याकेज कार्यान्वयन भएको छ । पर्यटन बोर्डले पनि केही सहयोग गरे पनि थप सहयोगको अपेक्षामा इलामबासी छन् ।
‘पर्यटन विकासको चेतना बिजीसकेको छ,’ पर्यटन विकासमा चासो राख्न हुने युद्ध वैद्य भन्छन्, ‘सहि मार्ग निर्देशन गर्ने पर्यटन गूरु योजना र सरोकारवालाहरुको ढाडस चाहिएको छ ।’
पाथीभरा
पूर्वाञ्चलकै प्रसिद्ध तिर्थस्थल पाथीभरा तीन हजार तीन सय ७४ मिटर उचाईमा रहेको छ ।सुकेटार बिमानस्थल बाट १९ दशमलव दुई किलोमिटरको दुरीमा रहेको पाथीभरा सदरमुकाम फुङलिङ बाट २७ किलोमिटरको दुरीमा रहेको छ ।
बिराटनगर बाट सुकेटार सम्म पुग्न दुई दिनको यात्रा तय गर्नुपर्ने हुन्छ । बिराटनगर बाट ईटहरी–बिर्तामोड हुंदै ताप्लेजुङ पुग्नको लागि तीन सय ४३ किलोमिटर दुरीको यात्रा तय गर्नुपर्ने हुन्छ । खान बस्नकोलागि बाटामा प्रसस्तै होटल तथा लजको ब्यवस्था रहेको छ ।
परापुर्व कालमा एउंटा भेडी गोठालाले आफ्ना सबै गोठका भेडा हराएपछि खोज्दा खोज्दा नभेटाई लखतरान भएर सुत्यो । राती सपनामा सबै भेडा आफ्नो नियन्त्रणमा भएकोले पाथीभरा देवीका नामले आफ्नो पुजा आराधना गरे सबै भेडा छोडिदिने बचन पाएपछि सोही अनुरुप गरेको सो भेडी गोठालाले आफ्ना भेडा भेटायो त्यसै बेला देखी प्रख्यात पाथीभरामा हाल आन्तरिक र बाह्य गरी बर्सेनी ५० हजार भन्दा बढी तीर्थयात्री पाथीभरा जाने गरेका छन् ।
कन्चनजंगा
फुङलीङ सदरमुकाम बाट ओलाङचुङ जानकोलागि भनें पुरै पैदल यात्रा तय गर्नुपर्ने हुन्छ । हाङदेवा हुंदैं लिंखिमको सिंवा, छिरुवा, लेलेप ईलालडांडा हुंदैं ओलाङचुङगोला पुग्न सकिन्छ । यो क्षेत्र पर्यटकिय क्षेत्र भएकोले बाटामा बस्ने खाने कुराको सुविधा छ ।
सदरमुकाम बाट कञ्चनजंघा जानकोलागि भनें ओलाङचुङजाने बाटोको लेलेप बाट बाटो छुटीन्छ । लेलेप बाट जौवारी, सेकाथुम, ग्याब्ला, फले हुंदै घुन्सा पुग्न सकिन्छ । घुन्सा यो क्षेत्रमा धेरै मानिसहरुको वस्ति भएको क्षेत्र हो । खाम्बाछेन घुन्सा बाट एक दिनको पैदल हो । नेपालीका लागि घुन्सा तीन ÷चार दिनको मात्रै पैदल भएपनि बिदेसिकालागि भनें १२ दिनको यात्रा हो । सुकेटार बाट यात्रा सुरु गरेका बिदेसी पर्यटकले २४ दिन हिड्नु पर्छ सुकेटार आईपुग्न । बाटामा यत्र तत्र बस्ति नभएपनि निश्चित ठाउंहरुमा मानव बस्ति भएकोले बाटामा कुनै समसया भनें पर्दैन ।