वनभोजका लागि छुटाउनै नहुने गन्तव्य बाघझोडा र हसिना सिमसार क्षेत्र

December 17, 2024     Paryatan Yatra

वनभोजका लागि छुटाउनै नहुने गन्तव्य बाघझोडा र हसिना सिमसार क्षेत्र

सुन्दरहरैंचा नगरपालिकाको वडा नं. ५ मा रहेको हसिना सिमसार र वडा नं. १० मा रहेको बाघझोडा सिमसार क्षेत्र वनभोज तथा रमणिय दृष्यका लागि छुटाउनै नहुने ठाउँ बन्न पुगेका छन् । इटहरी र विराटनगर शहरको नजिकै रहेको हसिना सिमसार इटहरी चोकबाट ४ किलोमिटरको दुरीमा रहेको छ भने बाघझोडा सिमसार विराटचोकबाट १.५ किलोमिटरको दुरीमा रहेको छ ।

 

दुबै पर्यटकिय क्षेत्र पहाड जस्तै लाग्ने, ताल जस्तै लाग्ने, घना जङ्गल जस्तै लाग्ने, वन्यजन्तु र चराचुरुङ्गी सँगै खेले जस्तै लाग्ने यो पर्यटकिय क्षेत्र पूर्वि नेपाल कै वनभोजका लागि उपयुक्त गन्तव्य बन्दै आएको छ । यस्तो मनोरम दृष्यमा कसैले पनि छुट्न नहुने देखिन्छ ।

 

हसिना सिमसार ५० हेक्टर भन्दा बढी क्षेत्रफलमा फैलिएको छ भने बाघझोडा सिमसारले पनि ठूलो क्षेत्र ओगटेको छ । हिउँदको समयमा दुबै स्थानमा ५० बढी वनभोजका कार्यक्रमहरु हुने गरेको देखिन्छ । साभार रेडियो सुसेली डटकम

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.