सुन्दरताले भरिएको फुङ्लिङ बजार

January 24, 2025     Paryatan Yatra

नेपाल भूपरिवेष्ठित देश हो। नेपालबाट टाढा छ समुन्द्र तर समुद्र नभएपनि नेपालमा ५००० भन्दा बढी तालहरू छन्। ट्रेकिङका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्यमा पर्दछ ।नेपालमा २५० भन्दा बढी ट्रेकिङ रुटहरू छन्। जहाँ साहसिक यात्रा गर्न चाहनेहरूको भिड लाग्ने गर्दछ। पहाडको बाटो हुँदै अनन्त यात्रामा निस्किएको झरनाहरू त झन् यहाँ कति छन् कति ।

ती झरनाहरूको दृश्यले जोसुकैलाई रोमाञ्चक अनुभव दिन्छ। हाम्रो देशको प्रत्येक कुनामा एउटा नयाँ कथा छ। कैयौँ नभनिएको कथाहरू भन्न बाँकी छ। यसपटक हामीले त्यस्तै नभनिएका कथा भन्न नेपालको पूर्वी भेगको यात्रा गरेका छौं र हाम्रो यात्राको गन्तव्य हो ताप्लेजुङ। यहाँको प्रकृतिको सौन्दर्यले संस्कृति र परम्पराको गहिराईले र यहाँका मानिसहरूको सरलता र ममताले तपाईँ हाम्रो मनलाई बिना स्वार्थको प्रेम र प्रतिक के हो महसुस गराउँछ । अहिले हामी ताप्लेजुङ जिल्लाको फुङ्लिङ बजारमा आएका छौँ। फुङ्लिङ शब्द लिम्बु भाषामा फुङ अर्थात् फुल र लिङ अर्थात् उम्रनु भनेको छ। यसलाई फुल उम्रने ठाउँ अथवा फुलैफुलको ठाउँ भन्ने बुझिन्छ। करिब १८२४ मिटरको उचाइमा रहेको फुङ्लिङ बजार ताप्लेजुङ जिल्लाको सदरमुकाम पनि हो। बजारभित्रका सडकका छेउमा रहेका चिटिक्क परेका पहाडी घरहरू जहाँ गमलाहरू सजाएर राखिएका छन् ।आधुनिकताले बिस्तारै फुङ्लिङ बजारलाई छोप्दै गर्दा डर त के छ भने भोलि त्यस्ता सुन्दर र परम्परागत घरहरू नरहने पो हुन् कि ?

ती घरहरू भएका गल्लीहरू साँगुरा तर जीवन्त छन् । बजारको एक कुनाबाट अर्को कुना पुग्दा त्यहाँको जीवन शैलीको झल्को देख्न पाइन्छ।स्कुल जाने तरखरमा रहेका बच्चाहरूदेखि पातमा बेरिएको विणी तानिरहेका बाजे बजै यिनै दृश्यको मनमोहक अनुभव गर्दै यात्रा गर्न सकिन्छ यी गलीहरूमा । सडक छेउका पसलहरूमा छुर्पी अलैची जडीबुटी र ढाका कपडा पाइन्छ । यी सामग्रीहरूले यस ठाउँको आर्थिक सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई झल्काउँछ । ताप्लेजुङ भन्ने बित्तिकै तपाईँको दिमागमा झट्ट के कुरा आउँछ ? यहाँको तोम्बा अनि सुकुटी ।तोङ्बा, लिम्बु समुदायको परम्परागत पेय पदार्थ यहाँको अर्को विशेषता हो। ताप्लेजुङ चिसो छ र त्यो चिसो मौसममा कुहिरो जस्तो बाफ उडिरहेको तातो तुङ्गबाको मिठासले न्यानोपन दिन्छ।

त्यसैले त यहाँ सुकुटी चपाउँदै तोङ्बाको मजा नलिएको यात्रालाई अधुरो मानिन्छ। नेपालका कतिपय ठाउँको नाम नै त्यहाँ लाग्ने हाटबजारबाट सुरु हुन्छ। आइतबारे मंगलबारे जस्ता ठाउँहरू छन् जसको नामाकरण त्यहाँ लाग्ने हाट बजारबाट भएको छ। तर अहिले यस्ता हाट बजारहरू हराउँदै गएका छन्। फुङ्लिङमा भने तोपेडाँडामा हरेक शनिबार अहिले पनि हाटबजार लाग्छ। स्थानीय उत्पादन पशुको बिक्री र परिकारहरूले भरिएको हाट बजारले ताप्लेजुङ कस्तो ठाउँ हो भन्ने पनि चिन्न सकिन्छ। तेरङ्गोमा बेच्न ल्याइएका ससाना सुंगुरका पाठाहरू देखि आफूले बेच्न ल्याएको सागको मूल्य भनिरहेकी मध्येसम्म हाटबजारमा कोलहाल सुनिन्छ तर त्यो कोलाहालमा आफ्नै सुन्दरीय छ। अनि फुङ्लिङको सौन्दर्य तिनको हाट बजारमा मात्र सीमित छैन। यो त मध्यरातसम्म निरन्तर चलिरहन्छ। फुङ्लिङमा हुने जात्रा लाखेसँग सम्बन्धित छ । बिहानैबाट नाच्न सुरु गर्ने लाखे कृष्णको हातबाट मारिन पुग्छ। साँझमा सडकका दुवैपट्टि बसेका मान्छेका आँखाहरू त्यही लाखेमा केन्द्रित हुन्छन्। लामो नोकजोकपछि कृष्णले लागेको वध गर्छन् । तर फुङ्लिङको सौन्दर्य त्यतिमात्र भने होइन है ।असहज त होला तर टुङ्गे डाँडाबाट केहीबेर मात्रै तपाईँलाई हिँड्ने जाँगर चलेमा तपाईँ लस्ट अङ्किज पार्क पुग्नुहुन्छ। डाँडामा अवस्थित यो पार्कबाट तलफेदीमा रहेका गाउँघरको दृश्यहरू मनमोहक देख्न सक्नुहुन्छ। फुङ्लिङ आसपासमा घुम्नुपर्ने ठाउँ त्यति मात्रै छैनन् हेर्नुपर्ने ठाउँहरू यति मात्र होइनन् यहाँ त कयौं कथाहरू छन्। पाथिभरा जाने प्रवेशद्वारदेखि फुङ्लिङ ताप्लेजुङकै प्रमुख व्यापारिक केन्द्र पनि हो।तर सबै यसैमा नसमेटिन सक्छन् ।

फुङ्लिङ बजार घुमेपछि अब हाम्रो यात्रा अघि बढ्छ। यस यात्रामा हामी तपाईँलाई ताप्लेजुङको फुङ्फुङे झरना सिम्बु गाउँ लोदेन क्षेत्र हुँदै तोप्के गोला गाउँसम्म पुर्‍याउनेछौँ। ती स्थानहरूमा पुग्दा तपाईँको मनमा नयाँ ऊर्जा र आनन्दको अनुभूति हुनेछ । भिडियो एकछिन आउनुस् युट्युब च्यानल

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.