विराटनगरमा भव्य रूपमा सम्पन्न भयो होलि कार्यक्रम

March 13, 2025     Paryatan Yatra

विराटनगर  राउण्ड टेवल ५ ले होली पर्वको अवसरमा बिहीबार आयोजना गरेको कलर वाक्थोन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । सीए पियूष लुनिया अध्यक्ष रहेको विराटनगर राउण्ड टेवल ५ ले बिहीबार विराटनगर स्थित जैन श्वेताम्बर तेरापंथ सभा भवनको प्राङ्गणमा आयोजना गरेको कलर वाक्थोन कार्यक्रममा विभिन्न स्कुल कलेज र संघसंस्थाका गरी १ हजार ५ सय भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो ।

विराटनगर राउण्ड टेवल ५ ले अहिलेसम्म ८ वटा कलर वाक्थोन कार्यक्रम गरेका छन् । सीए पियूष लुनिया अध्यक्ष रहेको बेला बिहीबार आयोजना गरिएको ८औं संक्रमणको कलर वाक्थोन कार्यक्रममा सबै भन्दा बढी युवा जमातको सहभागिता रहेको थियो । कार्यक्रममा भाग लिन सुनसरी र मोरङका विभिन्न स्थानबाट युवाहरू विराटनगर आइपुगेका थिए ।

विराटनगर राउण्ड टेवल ५ का अध्यक्ष सीए पियूष लुनिया, सचिव राजन भगत, कार्यक्रम संयोजक हर्ष अग्रवाल, सहसंयोजक विकास थापा कलर वाक्थोन कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न जोडतोडका साथ लागि परेका थिए । उद्योगी एवं क्रिकेटर पारस लुनिया सञ्चालक रहेको क्रिकेट टिम विराटनगर किङ्सले विराटनगर राउण्टेवल ५ आयोजना गरेको कार्यक्रमलाई सहयोग गरेका थिए ।

कलर वाक्थोन कार्यक्रमलाई भव्य रूपमा आयोजना गर्न विराटनगर राउण्ड टेवल ५ का पदाधिकारीहरू एक सातादेखि विराटनगरको विभिन्न स्कुल र कलेजमा पुगेर विद्यार्थीहरूलाई कार्यक्रममा सहभागिता जनाउन अनुरोध गरेका थिए । कार्यक्रममा सहभागिता जनाएका सबैलाई विराटनगर राउण्ड टेवल ५ ले कलर वाक्थोन लेखेको टि–सर्ट उपलब्ध गराएका थिए ।

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.