आज मिति २०८१/१२/१९ गते अर्थात् कोशी प्रदेश पर्यटन वर्ष, २०८२ को पूर्व सन्ध्यामा सचिवालय वाट क्रमशः दुई वटा प्री-इभेंट सम्पन्न भएका छन् । कार्यक्रमलाई सफल बनाउन फ्लाइङ वन्डर्स प्याराग्लाइडिङ स्कुल बेलका, ग्रिन होरिजन साहसिक सीप विकास विद्यालय बेलका, जिल्ला होटेल तथा पर्यटन व्यवसायी सङ्घ, उदयपुर र प्याराग्लाइडिङ एसोसिएसन, उदयपुरले संयुक्त रूपमा समन्वय र प्राविधिक सहयोग गरेको थियो ।
पहिलो कार्यक्रमका रूपमा कोशी प्रदेश पर्यटन वर्ष २०८२ को लोगो अङ्कित टिसर्ट र क्याप लगाएका केही पाराग्लाइडरहरूले सोही लोगो अङ्कित झन्डा ३०-४५ मिनेट आकाशमा फहराएका थिए । र त्यसै गरी दोस्रो कार्यक्रमको रूपमा राफ्टिङ र पानीजहाजका माध्यमबाट पानीमा पर्यटन वर्ष को झण्डा फहराइएको थियो। यी दुवै कार्यक्रमहरूलाई विभिन्न फोटो तथा भिडियो क्लिपहरूमा कैद गरिएको छ ।
जसलाई ती प्याराग्लाइडरहरू जसका सामाजिक सञ्जालहरूमा अत्यन्तै धेरै फल्लोवोर्सहरू छन् उहाँहरुले आफ्ना सामाजिक सञ्जालमा उक्त भिडियो, फोटोहरू राख्नुहुन्छ । जसले कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न अत्यन्तै महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । साथै आजको दुवै कार्यक्रममा हामीसँग लोकप्रिय टिकटकर सुरज-सीमा हुनुहुन्थ्यो । उहाँहरूले पनि विभिन्न भिडियोहरू बनाउनुभएको छ, जसलाई कोशी प्रदेश पर्यटन वर्ष २०८२ को प्रवर्धनका लागि वहाँहरूको आफ्नो टिकटकमा शेयर गर्ने सल्लाह भएको छ । आजको दुवै कार्यक्रमबाट आगामी २७ गते हुने कोशी प्रदेश पर्यटन वर्ष २०८२ को शुभारम्भ कार्यक्रमको जानकारी आम जनमानसमा पुग्ने र साथसाथै समग्र कोशी प्रदेशको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।