शनिबारदेखि धरानमा शुरु भएको पूर्वी क्षेत्रको पर्यटकीय कुम्भ मेला इस्टटुरिज्म मार्टले प्रदेश एकको पर्यटन विकासमा कोसेढुंगा सावित हुने सरोकारवालाले बताएका छन् । नेपाल पर्यटन बोर्डको आयोजनामा शुरु भएको तीन दिने मेलामा स्वदेशसहित, भारत, बंगलादेश र भुटानका गरि करिव ५ सय पर्यटकको सहभागिता रहेको छ ।
इष्टटुरिज्म मार्टको दोस्रो संस्करणको रुपमा रहेको मेलामा विदेशीसहितको सहभागीताले नेपालको पर्यटकीय विकासमा फड्को मार्ने यहाँका व्यवसयीले विश्वास लिएका छन् । व्यवसायी कृष्ण शाहले नेपालको सम्भावित बजार नजिक भएपनि व्यवसायीकताको विकास नभएको बताउनु भयो । यस मेलाले व्यवसायीक गतिविधि बढ्ने र छिमेकी मुलुकसँगको सम्बन्ध थप बलियो समेत बन्ने दाबी गर्नुभयो ।
त्यस्तै विराटनगरका पर्यटन व्यवसायी पुण्य भट्टराईले व्यवसायीहरुबीच पुलको काम गर्ने बताउनु भयो । ‘यहाँको पर्यटकलाई विदेशसम्म पुर्याउने र त्यहाँका पर्यटक नेपाल भित्र्याउने महत्वपुर्ण भुमिका खेल्नेछ,’ उहांले भन्नुभयो । धरानका पर्यटनकर्मी वासुदेव बरालले एक दुइ कार्यक्रमले मात्र खासै परिवर्तनको महशुस नहुने भन्दै निरन्तरको प्रयासले लक्ष्य हांसिल गर्न सकिने बताए । ‘सामान्य शब्दमा यो हटिया हो’ उनले भने ‘यहाँ किन्ने र बेच्नेको संगम भएको छ, यस अघि सामुहिक तवरमा यस्तो भएको थिएन ।’ नेपालका प्रचुर सम्भावना बोकेका स्थललाई विदेशी पाहुनासमक्ष प्रचार गर्न पाउनु र त्यहाँ पुगेर प्रचार गर्ने वातावरणसम्म बनाउनुले अब प्रदेश एकको पर्यटनले आशालाग्दो मौका पाएको दाबी गर्नुभयो ।
छिमेकी मुलुक भारत र तेस्रो देशका पर्यटक भित्र्याउन सक्ने प्रसस्त आधार रहेपनि सरकारी र नीजि क्षेत्रबाट पर्याप्त पहल नभएको पर्यटन क्षेत्रसँग आवद्ध व्यवसायीको गुनासो थियो । दुबै क्षेत्रको सक्रिय सहभागीताले पूर्वको पर्यटनले काँचुली फेर्ने विश्वास लिइएको छ । विदेशी पाहुनालाई यहाँका विभिन्न पर्यटकीय गन्तव्य घुमाएर प्रचारप्रसारमा सहयोग गरिदिन र थप पर्यटक नेपल भित्र्याउन आग्रह गरिने इष्टटुरिज्म मार्ट २०१९ आयोजक समितिका अध्यक्ष भवेश श्रेष्ठले जानकारी दिनुभयो ।
हाम्रो टिम
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रधान सम्पादक: लीलावल्लभ घिमिरे (९८५२०२३४२२)
सम्पादक: निरज दाहाल
बिशेष संवाददाता: डेविड घिमिरे (९८२९३२१४८३ )
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।