सिक्कीमसंग पर्यटनको विकासमा सहकार्य गर्ने सहमति गर्दै सकियो इस्ट टुरिज्म मार्ट

September 23, 2019     Paryatan Yatra

सिक्कीमसंग पर्यटनको विकासमा सहकार्य गर्ने सहमति गर्दै इस्ट टुरिज्म मार्ट समापन भएको छ । इस्टटुरिज्म मार्ट दोस्रो संस्करण सोमवार समापन भएको छ । शनिवार  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धरानको सिद्धि नेवाः परिषदको सभाहलमा उद्घाटन गर्नु भएको थियो । धरान उपमहानगरपालिकाकी कार्यवहाक मेयर मञ्जु भण्डारीले एक समारोह विच समानपन गर्नु भएको छ ।

मार्टको दोस्रो दिन यस क्षेत्रका पर्यटन ब्यवसायीका साथै भारत र भुटानका पर्यटन व्यवसायी विच विटु वि मिटिङ भएको थियो । धरानमा आइतवार ५ घण्टा चलेको मिटिङपछि सिक्कीम ट्रार्भल एशोसीएसशन र मार्ट आयोजक समिति विच दुवै देशको पर्यटन विकास आधार पत्रमा हस्ताक्षर समेत भएको छ । सम्झौता अनुसार नेपाल र सिक्कीम पक्षका पर्यटन व्यवसायीहरुले आ–आफ्नो देशमा पर्यटक जादा आवश्यक सहयोग गर्ने उल्लेख छ । यसै गरी दुवै देशका व्यवसायीहरुले एक अर्काको देशका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उल्लेख छ । सम्झौता पत्रमा मार्टका अध्यक्ष भविश कुमार श्रेष्ठ र सिक्कीमको तर्फवाट सोनमनर्गे हस्ताक्षर गर्नु भएको छ ।

र्माटमा सहभागि हुन भुटान वाट १२ जना र भारतवाट १११ जना पर्यटन व्यवसायीहरु आएका थिए । उनीहरुलाई आइतवार धरानका पर्यटकीय स्थलहरुको अवलोक गराएको थियो । यसै गरी धनकुटाको भेडेटार र हिले बजारको भ्रमण गराएर बेलुकी विराटनगरमा वास वसाइएको थियो । विदेशी पाहुनालाई मार्टको अन्तीम दिन कोशी टप्पुको भ्रमण गराएको थियो । यसै गरी भुटानवाट आएकाहरुलाई खोटाङको हलेसी महादेवको मन्दिरको दर्शन गराउन समेत लगिएको छ ।

 छिमेकी मुलुक भारत र तेस्रो देशका पर्यटक भित्र्याउन आधार तयार पार्न मार्टको आयोजना गरीएको अध्यक्ष भविशकुमार श्रेष्ठले बताउनु भयो । विदेशी पाहुनालाई यहाँका विभिन्न पर्यटकीय गन्तव्य घुमाएर प्रचारप्रसारमा सहयोग गरिदिन र थप पर्यटक नेपल भित्र्याउन आग्रह गरिएको श्रेष्ठले बताउनु भयो ।

मेलामा प्रदेश १ का १४ जिल्लाका ६० स्टलहरू रहेका थिए । गत वर्षबाट धरानमा आयोजना हुन थालेको मार्टको यो दोस्रो संस्करण हो । नेपाल पर्यटन बोर्डले वार्षिक क्यालेण्डरमै राखेर यो कार्यक्रमको अयोजना गर्दै आएको छ । इस्ट टुरिज्म मार्टको दोस्रो संस्करणको रुपमा रहेको मेलामा विदेशीसहितको सहभागिताले नेपालको पर्यटकीय विकासमा फड्को मार्ने यहाँका व्यवसायीले विश्वास लिएका छन् ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.