चराहरुको स्वर्ग कोशीटप्पु

September 24, 2019     Paryatan Yatra

वेदराज पौडेल

चराको स्वर्ग भनेर चिनीने कोशीटप्पुको अवलोकनले जो कोहीलाई मोहीत बनाउँछ । कोशीटप्पु सीमसार क्षेत्र भएकाले यहां आउने चराहरुले सहज रुपमा खान र बस्न पाउंछन् । चराहरुको सहज वासस्थान भएकाले कोशीटप्पुलाई चराएको स्वर्ग भनिएको हो । नेपालमा ८ सय ८७ प्रजातीका चरा पाइन्छन भने कोशीटप्पुमा मात्रै ५ सय २७ जातीका चरा पाइन्छन् । कोशीमा नदीमा प्रत्येक बर्ष रसिया, चाइना, लगायतका देशबाट चराहरु हिउंदमा आउने गर्छन । जाडोमा आउने चरालाई विन्टर बर्ड भनिन्छ । यीनीहरुको देश र बासस्थानमा जाडो महिनामा तालहरु जम्ने र खानेकुराको शंकट हुने हुदा यीनीहरु हजारौं माइलको यात्रा गरेर नेपाल सम्म आइपुग्छन् । त्यसरी लामो दुरी तय गरेर आउने चराहरु हांस प्रजातीका हुन । कतिपय चराहरु हिमाल पारीबाट हिमाल नाघेर आउछन् । बारहेडेड गुज जसलाई नेपालीमा खोया हास पनि भनिन्छ यो चरा सगरमाथा भन्दा माथिबाट उडेर आउछ । यो चरा १३ हजार मिटर माथिबाट आउने गर्छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.