विश्व पर्यटन दिवसको अवसरमा साइकल यात्रा

September 27, 2019     Paryatan Yatra

विराटनगर, १० असोज । विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार विराटनगरदेखि सुनसरीको बर्जु तालसम्म साइकल यात्रा सम्पन्न भएको छ ।

साइकल यात्रामा सहभागीहरूलाई बर्जु गाउँपालिका र बर्जु ताल संरक्षण समितिले स्वागत गरेको थियो । यात्रामा ३० जान साइकल यात्री सहभागी थिए । ‘अतिथि देवो भवः’ अर्थात् ‘पाहुना हाम्रा भगवान् हुन्’ भन्ने मान्यताका साथ नेपालमा पनि विश्व पर्यटन दिवस मनाइँदै आएको छ ।

सेप्टेम्बर २७ तारिखका दिन संसारभर विश्व पर्यटन दिवस मनाउने चलन छ । यसको सुरुवात अमेरिकाको विश्व पर्यटन संगठनले गरेको हो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष रूपमा मनाउने घोषणा गरिसकेको छ । भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । 

यसअघि २०११ मा ‘नेपाल भ्रमण वर्ष’ मनाएको थियो । जसमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएकोमा झन्डै ८ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए । यसैगरी २०१२ मा भएको ‘लुम्बिनी भ्रमण वर्ष’मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएकोमा करिब ७ लाख पर्यटक आएका थिए । २०१३ लाई कर्णाली पर्यटन वर्षका रूपमा मनाएको थियो । नेपालमा भारत, चीन, अमेरिका, बेलायत, युरोपलगायतका देशबाट पर्यटकहरू आउने गरेका छन् ।

गत वर्ष २०१८ मा ११ लाख ७३ हजार ८२ ले नेपाल भ्रमण गरेको पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ ।

सन्  २०१४ – ७ लाख ९० हजार १ सय १८ जना

सन्न् २०१५ – ५ लाख ३८ हजार ९ सय ७० जना

सन्  २०१६ – ७ लाख ५३ हजार २ जना

सन्  २०१७ – ९ लाख ४० हजार २ सय १८ जना

सन् २०१८ – ११ लाख ७३ हजार ७२ जना

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.