गण्डकी घुुम्न प्रदेश–१ लाई निम्तो

October 1, 2019     Paryatan Yatra


विराटनगरः पर्यटकीय स्थान घुुम्न गण्डकी प्रदेशले प्रदेश–१ लाई चुल्हे निम्तो दिएको छ ।
पर्यटन वर्ष २०२० लक्षित कार्यक्रम गर्दै देश दौडाहामा निस्केको गण्डकी प्रदेश सरकारको टिमले विराटनगरमा पर्यटन साझेदारीका लागि मुख्यमन्त्री शेरधन राईलाई आह्वान गरेको हो । गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्साल नेतृत्वको ८० सदस्य भ्रमण दलमा निजी क्षेत्रका व्यवसायी, पत्रकार र कलाकारसमेत रहेका छन् । ‘गण्डकी प्रदेशले पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर कार्यक्रम गर्दैछ, सोहीअनुसार अन्य प्रदेशसँग साझेदारीको हात अघि बढाउने अभियान थालेका हौं,’ लम्सालले भने । उनले प्रदेश–१ प्रचुर सम्भावना भएको प्रदेश रहेको भन्दै गण्डकी प्रदेश पर्यटकीय अभियानमा सधैं सहयोग गर्न तत्पर रहेको समेत बताए ।
प्रदेश–१ का पर्यटनमन्त्री जगदीशप्रसाद कुसियतले विराटनगरदेखि पोखरासम्मको हवाई रुट चाँडै सञ्चालन गर्ने प्रदेश सरकारको तयारी रहेको जानकारी दिए । उनले स्थलमार्गको सहज कनेक्टिभिटिका लागिसमेत अन्तरप्रदेशस्तरीय पर्यटक बस चलाउन प्रस्ताव राखेका छन् । मुख्यमन्त्री शेरधन राईले भने प्रदेशवासीलाई दुुई वर्षभित्र कम्तीमा एकपटक गण्डकी प्रदेश घुुम्न आग्रह गरेका छन् । कार्यक्रममा बाटाका अध्यक्ष फडिन्द्र अधिकारीलगायतले बोलेका थिए ।
गण्डकी प्रदेशले अन्य ६ प्रदेशका विभिन्न स्थानमा पुुगेर आफ्नो प्रदेशको पर्यटकीय महत्वको विषयमा जानकारी दिने कार्यक्रम रहेको बताएको छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्य आकर्षणका गन्तव्यको फोटो प्रदर्शनीसमेत गरिएका थियो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.