नाचेर दसैं मनाउने सन्थाल समुदाय

October 12, 2019     Paryatan Yatra

बिराटनगर, असोज २५ । मोरङ र झापाका विभिन्न स्थानमा लाग्ने दसैं मेलामा सन्थाल जातिको लोक नृत्य मुख्य आकर्षण बनेको छ । तराईका सीमान्तकृत सन्थाल जाति यतिबेला दसैं मेलामा नृत्य प्रस्तुत गर्न व्यस्त छन् ।

बडादसैंको सप्तमीदेखि लाग्ने दसैं मेलाहरुमा सन्थाल नृत्य देख्न पाइन्छ । सन्थाल समुदायले मेलामा नृत्य प्रदर्शन गरेरै दसैं मनाउने गर्दछन् । पछिल्ला बर्षका दसैं मेलाहरुमा सन्थाल नृत्य विशेष आकर्षण बन्ने गरेको छ । मोरङको राजघाट, सिजुवा, झोराहाट, डायनिया, महादेवालगायतका स्थानमा तथा झापाको राजगढ, बैगुनधुरा, गौरादह, तोपगाछी, कोहबरा, कोरोबारी, महाभारा, जलथल, केचना, गरामनीलगायतका स्थानमा सन्थाल समुदायको बसोबास रहेको छ ।

‘सन्थाल नाच भएन भने त, दसैं मेलाको रौनकता नै हुदैन’ कमल गाउ“पालिका १ की कृष्णकुमारी पौडेलले भनिन,‘सन्थाल नृत्य अरुबेला भन्दा दसैं मेलामा विशेष लाग्छ ।’ उनले सन्थाल नृत्यले नेपाली समाजमा सद्भाव बढाउने काम गरेको बताइन ।

सन्थाल समुदायका अगुवा प्रकाश मर्डीले दसैं मेलाहरुमा प्रदर्शन गरिने नृत्यले आफ्नो जातिको संस्कृत संरक्षणमा ठूलो टेवा पुगेको बताए । उनले भने,‘दसैंमा नाच नदेखाउने हो भने, हाम्रो जातिसंगै हाम्रो संस्कृति पनि हराएर जाने खतरा छ । तर, दसैं मेलामा सन्थाल नृत्यको माग र आकर्षणले हामीलाई हाम्रो संस्कृतिप्रति थप हौसला पुगेको छ ।’

सन्थाल जातिले दसैं मेलामा तीन किसिमको नाच देखाउने गर्दछन् । दसैं नाच, रिन्चे नाच र लाग्डे नाच । एक समूहमा २५ देखि एक सयसम्म नर्तक सहभागी हुन्छन् । लामो बा“समा मयूरको प्वा“ख बा“धिएको आलम अगाडी उभिएर नृत्य गर्ने चलन रहेको प्रकाश मर्डीले बताए । मर्डीले तुम्दा, तामाक, करताल, दारामजस्ता बाजा बजाउ“दै दसैं मेलामा नाच्ने चलन रहेको बताए । पछिल्लो समय मेला आयोजक समितिहरुले राख्ने गरेको नगद पुरस्कारहरुले नृत्यका लागि आफूहरुलाई थप प्रोत्सहान गर्ने गरेको मर्डीले बताए ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.