भीरबाट लडेर विदेशी नागरिकको मृत्यु

October 18, 2019     Paryatan Yatra

सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका – ५ कोङ्देस्थित भीरबाट लडेर १ जना विदेशी नागरिकको मृत्यु भएको छ । पोल्याण्डबाट नेपाल भ्रमणमा आएकी २६ वर्षीया पेसिता मेलिनाको शुक्रबार दिउँसो १ बजे भीरबाट लड्दा घटनास्थलमा नै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय नाम्चेले बाटोबाट करिब २ सय मिटर तल रहेको शवलाई निकालेर लुक्लातर्फ लैजाने तयारी गरिरहेको छ । कान्तिपुर

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.