प्रदेश १ का सांसदका लागि संचार सीप

November 10, 2019     Paryatan Yatra

विराटनगर । प्रदेश १ का माननीयहरुलाई संचार सीप तथा सामाजिक सञ्जालका विविध आयामका बारेमा प्रशिक्षण दिएको छ । आइतबार विराटनगरमा प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले कार्यशालाको उद्घाटन गर्नु भएको थियो । भण्डारीले भन्नु भयो ‘‘बद्लिदो परिस्थितिमा संचार तथा यसको फाइदा र प्रयोगको दायरा फराकिलो भएको भन्दै सांसदहरुका लागि समेत यो निक्कै महत्वपूर्ण अनि आवश्यक छ ।’’

युएनडिपीको सहयोग इनोभेटिभ भिजनको आयोजना र संसदीय पत्रकार मञ्च प्रदेश १ को आयोजनामा भएको कार्यशालमा प्रदेश १ का १६ जना सांसद सहभागी  रहनु भएको छ ।  संचार सीप तथा यसको प्रयोगको विषयमा लक्ष्मणदत्त पन्त र रजनीश भण्डारीले सहजीकरण गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा प्रदेश १ नेपाल पत्रकार महासंघका अध्यक्ष विक्रम लुइँटेलले सामाजिक संजाल र मिडियाको प्रयोग राजनीतिक फिल्डमा निकै बढेको बताउनु भयो । मञ्चका अध्यक्ष गणेश लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा इनोभेटिभ भिजनका अध्यक्ष कृष्णप्रसाद सिग्देलले कार्यक्रमको विषयमा जानकारी दिंदै सबै प्रदेशमा कार्यशाला आयोजना गर्ने तयारी रहेको बताउनु भयो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.