भ्रमण बर्षमा देशका २६ गतन्य स्थलहरुको ‘ट्राभल सो’

November 14, 2019     Paryatan Yatra

काठमाडौं । भ्रमणबर्ष २०२० को प्रचार–प्रसार गर्ने उद्देश्यले  ‘ट्राभल सो’ निर्माण गरीएको छ । भिजिट नेपाल २०२० को सचिवालय ‘द नेक्स्ट डेस्टीनेशन’ नामक पाक्षिक टेलिभिजन ‘ट्राभल सो’ निर्माण गरी प्रसारणको तयारी गरेको हो । सचिवालयले विहीवार पत्रकार सम्मेलन गरी ‘सो’ जानकारी दिईएको हो । कार्यक्रम नेपाल टेलिभिजन र हिमालयन टेलिभिजनबाट प्रसारण हुने छ । पत्रकार सम्मेलन बोल्दै सचिवालयका संयोजक सुरज वैद्यले नेपालका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारमा सचिवालयले कुनै कसरत बाँकी नराख्ने बताउनु भयो । द होराईजन मल्टिमिडिया प्रालिका अध्यक्ष राधाकृष्ण धितालले  ‘ट्राभल सो’ जानकारी दिनु भएको थियो ।

नेपाल टेलिभिजन र हिमालयन टेलिभिजनबाट प्रसारण हुने कार्यक्रममा नेपालका विभिन्न २६ वटा पर्यटकीय गन्तव्यलाई समेटिनेछ । पर्यटनको उच्च सम्भावना बोकेका तर प्रचार–प्रसारको अभावले ओझेलमा परेका गन्तव्यलाई उजागर गर्ने कार्यक्रमको लक्ष्य रहेको धितालले बताउनु भयो । कार्यक्रममा गन्तव्यको ऐतिहासिक, भाषिक, सांस्कृतिक, धार्मिक पाटासँगै त्यहाँको जीवनशैली, खानपान र कथाहरुलाई समेटिने जनाएको छ । प्राकृतिक सुन्दरता सँगै सामाजका लुकेर रहेका विविध आयामलाई पनि प्रकाश पार्नु कार्यक्रमको ध्येय रहेको कार्यक्रमका निर्देशक धितालले बताउनु भयो । कार्यक्रम नेपाली भाषा सहित हिन्दी, अंग्रेजी र चिनियाँ भाषामा समेत निर्माण गरीने भएको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.