धरानवाट ५२ किलोमीटर उत्तर तर्फको कोसी राजमार्गको यात्रा तय गरे संगै शुन्दुर भेडेटार, मुलघाट हुदै धनकुटा सदरमुकाम पुगीन्छ ।
त्यहाँवाट १३ किलोमीटर उकालो लागेपछि कुहिरो भित्र लुकामारी खेली रहेको हिले बजार आउँछ ।
हिले बजारको शिरबाट पश्चिम तर्फ लाग्ने नारदमुनी थुलुङ राजर्मागको ५ किलामीटरको यात्रापछि पाख्रीबास बजार आउँछ । पाख्रीबास आसपासका पर्यटकीय क्षेत्रहरुका यी तस्विरहरु हामीले धनकुटाका पत्रकार विजयसन्तोषी राईको फेसबुक पेजवाट लिएका हौं ।
सुन्दर पाख्रिवास बजार, आर्कषक ताल र बोटिंग, मनोरम पाख्रिवास कृषि केन्द्र, चर्चित ढुकुरे डाँडा, मनोरम चुङवाङ्कको कृषि फर्मले जो कोहीको पनि मन लोभ्याउँछ । धनकुटाको हिले बजार सम्मको यात्रा सहज छ ।
सवै खाले यातायातका साधन उपलब्ध छन् । तर पाख्रीबास सम्म जानका लागि चाही भोजपुर तर्फ जाने र्साजनिक यातायातका साधन समाउनु पर्ने हुन्छ भने हिलेबाट पाख्रीबास सम्म जानका लागि ट्याक्सी र टेम्पो सहज रुपमा पाइन्छ । पाख्रीबास बजारमा पनि सुविधान सम्पन्न होटलहरु छन् भने हिलेको बासपनि रमाइलो हुन्छ । यहाँ घुम्न जाँदा ख्याल गर्ने पर्ने कुरा भनेको बाक्लो लुगा हो ।
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रबन्ध सम्पादक: लीलावल्लभ घिमिरे
सम्पादक: निरज दाहाल
कार्यकारी सम्पादक : मीनकुमार नवोदित
व्यवस्थापक : ज्ञानमणि नेपाल ,फडिन्द्र अधिकारी
सम्पर्क ९८५२०२३४२२, ९८५२०२०२८७, ९८५२०५६७११, ९८५२०२३११५, ९८४२०२८०४९
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।