नेपाल भ्रमण वर्ष आउन अब मात्र डेढ महिना

November 16, 2019     Paryatan Yatra

प्रदेश १ का आएका पाहुनालाई राख्न होटल मात्र हैन होमस्टेको पनि राम्रो व्यवस्था छ भन्दै विवेक मिश्र लेख्छन्

२० लाख पर्यटन भित्र्याउने लक्ष्यसहित सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० आउन अब करिब डेढ एक महिना मात्रै बाँकी पर्यटन वर्ष नजिकिरहँदा त्यसको तयारी भने सन्तोषजनक देखिँदैन देशमा रहेका सम्पूर्ण मूर्त अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण विकास गरी तिनको उपयोग गरी पर्यटनलाई मुलुकको आर्थिक आधारको रूपमा ग्रामीण तहसम्म विकास विस्तार गरी यसको प्रतिफल जनजीवनको तल्लो तहसम्म पु¥याउन संस्कृति पर्यटन क्षेत्रको विविधीकरण, विस्तार अनि प्रवद्र्धन गरिनु आवश्यक तर, त्यसका लागि सरकारले परिपक्व किसिमबाट तयारी गरेको देखिँदैन

नेपालमा जैविक विविधता, भौगोलिक विशेषता, ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदा, प्रकृतिक स्रोत, सांस्कृतिक धार्मिक एवं जातीय विविधताको महत्व तथा फरक पहिचान बोकेको हिसाबले नेपाल पर्यटन आकर्षणका लागि उत्कृष्ट गन्तव्य हो नेपालको तुलनात्मक प्रतिस्पर्धात्मक लाभका दृष्टिले मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक क्रियाकलाप अभिवृद्धि समग्र आर्थिक विकास समुन्नतिमा टेवा पु¥याउँदै आएको नेपालमा अधिकांश पर्यटकीय गन्तव्यहरू ग्रामीण भेगमा अवस्थित छन् त्यसमध्ये पनि धेरैजसो अत्यन्तै दुर्गम ठाउँमा रहेका छन् त्यस भेगलाई पर्यटन क्षेत्रको विकास विस्तारसहित आन्तरिक बाह्य हवाई यातायात विकास गरी थप सुरक्षित, स्तरीय भरपर्दो बनाउन आवश्यक

समग्र देशको पर्यटन सँगसँगै एक नम्बर प्रदेशको पनि पर्यटन प्रवद्र्धनको बेग्लै महत्व विशेषताहरू रहेका छन् सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै सबैभन्दा होचो ठाउँ झापाको केचना यसै प्रदेशमा पर्छ इलामको चिया बगान माई पोखरी, पाँचथरको साधुटार, ताप्लेजुङको पाथीभरा मन्दिर, तेह्रथुमस्थित एसियाकै अग्लो ह्यात्रुङ झरना, तीनजुरे मिल्के, धनकुटाको भेडेटार, नाम्जे, नमस्ते झरना, छिन्ताङ देवी मन्दिर, भोजपुरको ट्याम्के, मयुङ, संखुवासभाको गुफापोखरी, मकालु वरुण राष्ट्रिय निकुञ्ज, सुनसरीको बराहक्षेत्र, पिण्डेश्वरी खोटाङको हलेसी मन्दिर लगायत पूर्वी नेपालका आकर्षक धार्मिक तथा पर्यटकीय गन्तव्यहरू हुन्

केही वर्षदेखि सुरु भएको तमोर नदीमा ¥याप्टिङ भेडेटारलगायत अन्य केही डाँडाहरूबाट प्याराग्लाइडिङले समेत पर्यटक लोभ्याउन सफल भएको   ¥याप्टिङ प्याराग्लाइडिङमा आन्तरिक पर्यटकको बढी घुइँचो लाग्ने गरेको पर्याप्त प्रचारप्रसारको अभावमा विदेशी पर्यटकको उपस्थिति कम भएको हुनसक्ने आँकलन गरिन्छ नेपालमा विदेशी पर्यटकहरूको आवागमन सुरुवातसँगै पर्यटन क्षेत्रका कार्यक्रमहरूलाई व्यवस्थित ढंगले अगाडि बढाउन सर्वप्रथम उचित पर्यटन क्षेत्र पहिचान प्रवद्र्धन गर्न ढिलो भइसकेको

पर्यटन वर्ष २०२० सफल बनाउन सरकार आफै पूर्ण रूपले तयार भइनसकेको हो कि भन्ने अनुमान गर्न सकिन्छ एक नम्बर प्रदेशमा पर्याप्त पर्यटनका सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसार प्रवद्र्धनको अभावमा पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् पर्यटन वर्ष २०२० मा नेपाल घुम्न आउने पर्यटकहरूलाई एक नम्बर प्रदेशमा सुविधा सम्पन्न होटलहरू धेरै खुलिसकेका अझै खुल्ने क्रममा रहेको प्रदेश एकका पर्यटन व्यवसायी पुण्य भटराईले बताए उनका अनुसार एक नम्बर प्रदेशमा मात्र निजी क्षेत्रबाट करिब सात अर्ब होटल व्यवसायमा लगानी भइसकेको

होटल मात्र हैन प्रदेश एकमा होमस्टेको पनि राम्रो व्यवस्था प्रदेश एकमा पञ्चावती सामुदायिक होमस्टे रौतामाई निकास सामुदायिक होमस्टे उदयपुर, गोर्खो सामुदायिक होमस्टे, श्रीअन्तुडाँडा सामुदायिक होमस्टे, माङ्सेबुङ सामुदायिक होमस्टे, जस्केलो सामुदायिक होमस्टे, मावु दोबाटे सामुदायिक होमस्टे, देउराली सामुदायिक होमस्टे बालनगाउँ सामुदायिक होमस्टे इलाम, सेकाहा सामुदायिक होमस्टे भाङखर्क सामुदायिक होमस्टे संखुवासभा, जेफाले सामुदायिक होमस्टे  मोरङ, प्रथम नागरिक धिमाल सामुदायिक होमस्टे झापा, डाँडाबजार सामुदायिक होमस्टे, नाम्जेथुम्की सामुदायिक होमस्टे धनकुटा, साँघु कोलडाँडा सामुदायिक होमस्टे, लालीखकी निकास सामुदायिक होमस्टे ताप्लेजुङ सप्तकोशी सामुदायिक होमस्टे, बुग्डहरि सामुदायिक होमस्टे सुनसरी गरी जम्मा २० वटा सामुदायिक होमस्टेहरू सञ्चालन भइरहेका छन् भने वटा निजी होमस्टेहरू सञ्चालनमा रहेका छन इटहरी चोकदेखि ५२ किलोमिटर उत्तरपूर्वमा रहेको डाँडाबजार सामुदायिक होमस्टे धनकुटाकी सचिव सुनिता लिम्बूले पर्यटन वर्ष नजिकिँदै गर्दा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको बताइन् उनका अनुसार सो होमस्टेमा आउने पर्यटकहरूलाई स्वागत तथा सम्मान, आरामदायी आवास, स्थानीय खानाका परिकार, मायाको चिनोलगायत सुविधाहरू दिइरहेको तर हालसम्म विदेशी पर्यटक एकपटक पनि उक्त होमस्टेको सेवा लिन आइनपुग्दा दुःख लागेको सचिव सुनिताले सुनाइन् डाँडाबजार सामुदायिक होमस्टे धनकुटामा १३ घरधुरी आवद्ध छन्   

नेपालमा धेरैजसो धार्मिक पर्यटक छिमेकी मुलुक भारतबाट आउने गरेका छन् ती पर्यटकहरूलाई व्यवस्थित गर्न नसक्दा ठूलो राजस्व संकलन गुमेको   पर्यटन वर्ष सफल बनाउन आउने पर्यटकहरूलाई शान्ति सुरक्षाको सुनिश्चितता गराउन सक्नु सरकारको प्रमुख दायित्व हो त्यस सँगसँगै सहज सडक यात्रा गराउन सक्नु पर्दछ पहाड तथा हिमाली क्षेत्रका पदमार्गलाई पनि सहज व्यवस्थित गराउन जरुरी राज्यले निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटकलाई भरपर्दो गाइड उपलब्ध गराउन सक्नु पर्दछ  त्यसो गर्न नसके पर्यटन वर्ष घोषणामै मात्रै सीमित हुनेमा दुईमत नहोला

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.