पर्यटकको पखाईमा तेह्रथुमको चाङलुङ गुफा

November 19, 2019     Paryatan Yatra

तेह्रथुम, मंसिर कोशी राजमार्गको ठ्याक्कै पारिपट्टी तेह्रथुमको छथर गाउँपालिका जिल्लाको पश्चिमी क्षेत्रमा रहेको यो गाउँपालिकाको काखमा रमाइरहेको चाङलुङ गुफा

केही वर्षअघिसम्ममा झोरझाडी जंगल ओडारझैं देखिँदा यहाँका स्थानीयहरू गुफामा पुग्नै डराउने गर्थे ओझेलमा रहेको गुफालाई देवस्थलको रूपमा पूजाआजा गर्दै आएका थिए यहाँका स्थानीय गाउँपालिकाकै धेरै थाहा थिएन यो गुफाको बारे दुई वर्षसम्म गुमनाममा रहेको गुफा संरक्षणका स्थानीय युवाको सक्रियतामा सुरु गरेपछि प्रचारमा आउन थालेको हो धनकुटाको सिधुवादेखि सवारी साधनमा करिब घण्टामा पुग्न सकिने गुफा पछिल्लो समय पर्यटकहरूको रोजाइमा पर्न थालेको आन्तरिक पर्यटकहरूको रोजाइमा रहेको गुफामा पछिल्लो समय दैनिक ५० देखि सयजना गुफा अवलोकनमा आउने गरेका छन्

खासगरी मेला पर्वहरूमा भने पर्यटकहरूको घुइँचो हुन थालेको चारैतिर हरियाली वनको काखमा रहेको गुफासँगै निर्माणधीन भ्यूटावरमा पर्यटकहरू रमाउने गरेका छन् गुफा क्षेत्रमा आवातजावात सहज बनाउनका लागि सिडी तथा रेलिङहरू निर्माण गरिएको यो गुफामा दर्शन गरी भाकल गरे मनोकांक्ष पूरा हुने विश्वास रहँदै आएको स्थानीय युवाहरूको सक्रिय तथा ताक्लुङ तक्मीनाक्ला संरक्षण समितिको अगुवाईमा गुफालाई संरक्षण सम्वद्र्धनमा जुटेपछि प्रचारमा आउन थालेको थियो

छथर गाउँपालिकाले गुफालाई पर्यटकीय रूपमा विकास गर्न आर्थिक वर्ष २०७४÷७५ मा लाख ०७५÷७६ मा लाख रूपैयाँ विनियोजन गरेको थियो रकम विनियोजनपछि गुफामा भ्यूटावर निर्माण चारैतिर सिंडीहरू, चौतारीका साथै विभिन्न गुफाहरू पहिचान गरिएको वर्ष पहिलोसम्म झाडी रहेको वनलाई युवाहरूको सक्रियता स्थानीय सरकारले गुफालाई पर्यटकीय रूपमा विकास गर्न चासो दिएपछि पर्यटकहरूको नजरमा पर्न थालेको हो जिल्ला सदरमुकाम म्याङलुङदेखि करिब घण्टा पैदल हिंडेर पुग्न सकिने यो स्थानको आफ्नै विशेषता रहेको स्थानीयको भनाइ ढुंगैढुंगाको चाङ रहेको लिम्बू भाषामा चाङलुङको रूपमा भनिँदै आएको चाङलुङ अपभ्रंश भई गुफाको नामच्याङलुङ रहन गएको संरक्षण समितिका पूर्वअध्यक्ष सचिव कमानसिंह आंखेवाले बताए

यो गुफाबाट परापूर्वकालमा एकजना बिज्वानी कुकुरसँगै छिर्दा बिज्वानी बीचैमा हराए पनि कुकुर भने सुदापकै डाँडेगौडा भन्ने स्थानमा निस्किएकाले गुफाको माथिल्लो भागलाई कुकुर छिर्ने भनिएको किंम्बदन्ती रहेको स्थानीयको भनाइ   गुफा परिसरमा पर्यटकहरूलाई आकर्षित गर्न विभिन्न पार्क निर्माण सुरु गरिएका छन्

गुफाको भ्यूटावरमा बाघको आकृति निर्माण भइरहेको गुफाको प्रचारप्रसार संरक्षण तथा संवद्र्धनका लागि स्थानीय सरकारले रकम विनियोजनपछि भौतिक निर्माणका कामहरू हुँदै आएको गुफालाई छथर क्षेत्रको मात्र नभई जिल्लाकै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्थानीय सरकारले चासो दिनुपर्ने संरक्षण समितिका पूर्वअध्यक्ष महेन्द्र मादेनले बताए  

स्थानीय सरकार गठनपछि पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न गुफालाई गाउँपालिकामा योजनाको रूपमा अघि सारेको छथर का वडाध्यक्ष टेकराज आंखेवाले बताए गुफा प्रवद्र्धनका लागि स्थानीयको श्रमदान स्थानीय सरकारले रकम विनियोजन गरी काम भइरहेको आंखेवाले बताए गुफाको डीपीआर निर्माणका गरी पर्यटन बोर्डबाट रकम विनियोजनमा लागि पहल गर्ने उनले बताए सय २० मिटर लामो गुफा छिर्ने सकिने भएको गुफाको पहिचान गरी नेपालकै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य रहेको वडाअध्यक्ष आंखेवाले बताए

पर्यटन प्रवद्र्धनका सम्भावनाहरूको खोजी गर्दै गुफालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सके पर्यटकहरू भित्र्याउन मात्र नभई यहाँका नागरिकहरूलाई आर्थिक रूपमा समृद्ध बनाउन सकिनेछ

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.