राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई विहीवार एक समारोह विच शपथ गराउनु भएको छ । यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले ३ राज्य मन्त्रीहरूलाई शपथ गराउनु भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गर्नु भएको थियो । सपथ लिने मन्त्रीहरुमा बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव रहेका छन् । नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, भुसाल कृषिमन्त्री, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र पार्वत गुरुङमहिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मा दिएको छ । यसै रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योगमन्त्री बन्नु भएको छ ।
यसै गरी तिन जना राज्यमन्त्रीलेपनि प्रधानमन्त्रीवाट सपथ लिनु भएको छ । सपथ लिने राज्यमन्त्रीहरुमा मोती दुगड, नवराज राउत र रामवीर मानन्धर राज्यमन्त्री बन्नु भएको हो । विराटनगरका उद्योगपति दुगडलाई उद्योग, राउतलाई स्वास्थ्य र रामवीरलाई सहरी विकासको जिम्मेवारी दिइएको छ ।
यसै गरी अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिएको छ । कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बन्नु भएको छ । भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा विदा पाउने मन्त्रीको सुचीमा पर्नु भएको छ । पर्यटन राज्यमन्त्री धनबहादुर बुढालेपनि विदा पाउनु भएको छ । चारै जना पूर्व एमालेको कोटाबाट मन्त्री बन्नु भएको थियो । यस्तै पूर्व माओवादीको कोटाबाट सरकारमा जानु भएका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीपनि पद मुक्त हुनु भएको छ ।
उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत छ । यस्तै वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भूमिव्यवस्थामन्त्री पद्मा अर्याल, सहरी विकासमन्त्री मो। इस्तियाक राइ यादव, खानेपानीमन्त्री विना मगर र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा पनि यथावत जिम्मेवारी छन् ।