मोरङको जेफालेबाट देखिन्छ मनोरम हिमश्रृंखला

November 22, 2019     Paryatan Yatra

मोरङ केराबारी गाउँपालिका वडा नम्बर मा रहेको जेफाले डाँडामा यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको यहाँबाट पूर्व क्षेत्रका हिमश्रृंखलाको दृष्यवालोकन गर्न पाइने हुँदा इटहरी, धरान, विराटनगर लगायतका स्थानबाट आउने आन्तरिक पर्यटकको संख्यामा उलेख्य वृद्धि भएको

यसक्षेत्रको भौतिक पूर्वाधार गर्न प्रदेश सरकारले समेत महत्व दिएको स्थानीय गाउँपालिकाले यस क्षेत्रको गुरुयोजना बनाएर विकास गर्ने जनाएको पर्यटकको संख्यामा वृद्धि भएसंगै स्थानीयले जेफाले होमस्टेको स्थापना गरेका छन् पहिले पर्यटक आउँदैन थिए होम स्टेका सचिव भीम ठकुरीले भन्नुभयो, ‘ वर्षदेखि पर्यटक आउन थालेका हुन्, अहिले बढिरहेका छन्

समुद्री सतहदेखि हजार सय ७० मिटरको उचाईंमा रहेको जेफाले डाँडामा ७० लाख लगातमा भ्यूटावर निर्माण गरिएको यहाँबाट सूर्योदयको दृष्यसँगै प्रदेश एकका अधिकांश जिल्लाका भूभाग प्रष्टसँग देख्न सकिन्छ भने सर्वोच्च शिखर सगरमाथा, कञ्चनजंघासँगै विभिन्न हिमशृंखलाहरू पनि देख्न सकिन्छ

जेफालेमा २५ घरधुरी छन् यहाँको मौलिक परम्परा अर्को आकर्षण हो केरावारी गाउँपालिकाका वडाअध्यक्ष प्रेम लिम्बूका अनुसार जेफालेसम्म पुग्ने कच्ची सडकको स्तरोन्नति गरे अझै धेरै पर्यटक पुग्ने सम्भावना

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.