तेह्रथुम जिल्ला धार्मिक तथा पर्यटकिय द्रिष्टिकोणले निकै अगाडी छ ।
मुख्य पर्यटकिय आकर्षण हरुमा तीनजुरे हिमाल, नेपालकै सबै भन्दा अग्लो “हृयातुङ झरना”, पट्टेक डाँडा, सोल्माको चिया बगान आदि पर्छन। नेपालकै गुराँसको राजधानीकारूपमा परिचित तेह्रथुममा नेपालमा पाईने ३२ प्रजातिका गुराँसमध्ये तिनजुरे, मिल्के र जलजले क्षेत्रमा २८ प्रजातिका गुरास पाइन्छन्। कन्चनजङघा र मकालु हिमालको रमणीय दृश्यावलोकन, तीनजुरे डाँडाबाट प्याराग्लाईडिङको उडान, तीनजुरे र मेन्छ्यायाम डाँडाबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ । सिंहवाहिनी मन्दिर – म्याङ्लुङ, सि मिना क्षीं – जिरीखिम्ती, पाथीभरा मन्दिर – म्याङ्लुङ छातेढुङ्गा, गौखुरी माता – मोराहाङ।, सिद्धदेवी – सोल्मा, जलकन्यादेवी – सोल्मा, रातपोखरी – तीनजुरे, शिव मन्दिर – दांगपा, पाचकन्या देवी – फाक्चामारा, भगवती मन्दिर – सक्रान्ति बजार, शिवालय मन्दिर – जलजले, तमु बौध गुम्बा इवा(हवाकु(२, शिवालय मन्दिर(सक्रान्ति बजार आदि