धनकुटा । पूर्वको पर्यटकीय स्थल भेडेटार क्षेत्रमा नयाँ गन्तव्यका रूपमा खुवालुङ–भेडेटार–ध्वजे डाँडासम्मको ६० किमी लामो पदमार्ग निर्माण निर्माण भई रहेको छ । यस अघि ऐतिहासिक स्थल साँगुरी गढी, पाथीभरा र शङ्खेश्वर मन्दिर निर्माण गरेर धार्मिक पर्यटनलाई प्रवर्द्धन काम भई सकेको छ । नमस्ते झरना क्षेत्रको थप पर्यटन प्रवर्द्धन गर्न नमस्ते झरना–थुम्कीसम्म करिब तीन किलोमिटर लामो पैदल मार्ग निर्माण गरिएको थियो ।
भेडेटार बजारबाट उत्तर–पश्चिम करिब तीन किलोमिटर चुरे पहाडमा पाथीभरा मन्दिर रहेको छ । यो मन्दिर भेडेटार आउने धार्मिक पर्यटकको आकर्षणका रूपमा रहेको छ ।
समुद्री सतहबाट एक हजार चार सय २० मिटरको उचाइ रहेको भेडेटार आएर यसै वडामा रहेका ऐतिहासिक साँगुरी गढी, पाथीभरा मन्दिर, चर्चित नमस्ते झरना र नाम्जे गाउँ जान सकिन्छ ।
सुनसरीको धरान बजारबाट १६ किलोमिटरको दूरीमा रहेको भेडेटारमा प्रदेश राजधानी विराटनगर र इटहरी, इनरुवा लगायतका पूर्वी तराईका ठुला सहरबाट दैनिक सयौँ पर्यटक आउने गर्छन् ।
भेडेटारमा हाल साहसिक खेलतर्फ पर्यटकले जिपलाइन, प्याराग्लाइडिङ र तमोर नदीमा जलयात्राको आनन्द लिन सकिन्छ भने भेडेटारको शिरमा सञ्चालनमा आएको स्काई वाकले पर्यटकको आगमनलाई थपेको छ ।